IME Life
NIMB

पूँजीबजार सुधारका लागि ब्रोकर एशोसिएशनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे मागपत्र

NIMB
Himalayan Bank

 

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालले पूँजीबजारमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै ६ बुँदे मागपत्र बुझाएको छ ।

एशोसिएशनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमा हाल बजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ५२ वटा ब्रोकरहरू सक्रिय रहेको अवस्थामा नयाँ सरकार र अर्थमन्त्रीबाट ठूलो आशा राखिएको उल्लेख गरिएको छ ।

धितोपत्र दलाल व्यवसायीहरूले भोग्दै आएका समस्याहरू समाधान भएमा मात्र पूँजीबजारको विकास हुने र लगानीकर्ताको मनोबल बढ्ने विश्वास एशोसिएशनले व्यक्त गरेको छ ।

सुधारका लागि अघि सारिएका मागहरूमा पूँजीबजार सुधार कार्यदलले दिएका तर हालसम्म कार्यान्वयन हुन बाँकी सुझावहरूलाई तत्काल लागू गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बहिर्गमनको व्यवस्था मिलाउन तथा शेयर खरिद गरेको ६ महिनापछि मात्र बिक्री गर्न पाउने हालको प्रावधान हटाउन माग गरिएको छ ।

साथै, गैर आवासीय नेपालीहरूलाई पनि दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने वातावरण बनाउन एशोसिएशनले सरकारसँग आग्रह गरेको छ ।

कर र प्राविधिक पक्षका सम्बन्धमा, आगामी बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा स्पष्ट पार्नुपर्ने र सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने माग राखिएको छ ।

शेयर बिक्री गरेरपनि हस्तान्तरण हुन नसक्दा लगानीकर्ता ‘क्लोज आउट’को मारमा परिरहेको भन्दै सो समस्या समाधानका लागि ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालन गर्न र वि.सं. २०७५ तथा २०७९ मा बनेका कार्यविधिहरू अनुरूप सेटलमेन्ट ग्यारेन्टी फण्डलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन नियामक निकायलाई आवश्यक निर्देशन दिन एशोसिएशनले अर्थमन्त्रीसँग जोडदार माग गरेको छ ।

 

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...