CG Electronics
IME Life
NIMB

नाइमाले दियो अर्थमन्त्रीलाई नीतिगत सुझाव

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट गर्दै बधाई समेत दिएका छन् ।

भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०÷२० अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउने आवश्यकता पनि औँल्याइएको छ ।

आर्थिक ऐनअनुसार भन्सार क्लियरन्स भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक वातावरणमा अन्योल र अनिश्चितता सिर्जना गरेको उल्लेख गरिएको छ । विद्युतीय तथा हाइब्रिड सवारी साधनको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा सुझाव दिएको छ ।

मन्त्री वाग्ले प्रस्तुत सुझावलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै, देशका आयातकर्ता तथा उत्पादनको तर्फबाट एकीकृत रूपमा यस्ता सुझाव प्रस्तुत गरेकोमा एसोसिएसनलाई धन्यवाद व्यक्त गरेका छन् । वाग्लेले नेपालको अटो मोबाइल क्षेत्रका आयातकर्ता तथा उत्पादकले देशको अर्थतन्त्रमा पु¥याउँदै आएको महत्त्वपूर्ण वित्तीय योगदान, रोजगारी सिर्जना तथा गतिशीलतामा खेलेको भूमिकाको सराहना गरे ।

उनले यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको विश्वास व्यक्त गरे ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...