CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकको नयाँ पहल: वित्तीय साक्षरता कथा र भिडियो सामग्री सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसरमा “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ। बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो अभियानलाई थप प्रभावकारी बनाउन यस्तो पहल गरिएको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले उक्त कथा संग्रह अनावरण गरेका हुन्। उनले वित्तीय साक्षरता केवल सूचना प्रदान गर्ने विषय नभई व्यवहार परिवर्तनसँग जोडिएको प्रक्रिया भएको उल्लेख गर्दै कथा र भिडियो सामग्रीमार्फत सन्देश अझ प्रभावकारी रूपमा जनमानससम्म पुग्ने विश्वास व्यक्त गरे।

कथा संग्रहमा दैनिक जीवनसँग सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवाको प्रयोग तथा आर्थिक योजना जस्ता विषयलाई सरल र रोचक ढंगले प्रस्तुत गरिएको छ। बैंकका अनुसार, उक्त सामग्री देशभरका विद्यालयहरूमा वितरण गरिनेछ, जसले विद्यार्थीहरूमा सानै उमेरदेखि बचत गर्ने बानी र वित्तीय अनुशासन विकास गर्न सहयोग पुर्याउनेछ।

यसैगरी, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विशेष बचत खाता खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप खुत्रुकेसहित कथा संग्रह प्रदान गर्ने व्यवस्था मिलाएको छ। यसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

अभियानअन्तर्गत कथा संग्रहलाई भिडियोमा रूपान्तरण गरी डिजिटल माध्यमबाट पनि प्रस्तुत गरिएको छ। भिडियो सामग्रीहरू प्रत्येक हप्तामा दुई दिन बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्। बैंकले यस माध्यमबाट विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ।

बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, समुदायस्तरमा वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यास प्रवर्द्धन गर्ने लक्ष्य रहेको जनाएको छ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...