CG Electronics
IME Life
Ncell NPL

पोखरा महानगरपालिकाको निःशुल्क सटल बस सञ्चालन, लागत कामना सेवा विकास बैंक लिमिटेडले व्यहोर्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पोखरा । पोखरा महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क सटल बस सेवाको लागत कामना सेवा विकास बैंक लिमिटेडले व्यहोर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म यात्रुहरूलाई सहज आवागमन सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको हो।

महानगरपालिकाका अनुसार, वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म दैनिक दुईवटा विद्युतिय बस सञ्चालन गरिनेछ। बिहान ६ बजेदेखि राति १० बजेसम्म चल्ने बस सेवाले हवाई यात्रुहरूलाई मुख्य सडकसम्म पुग्न सहज बनाउनेछ।

हाल विमानस्थलदेखि मुख्य सडकसम्म करिब २ किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले यात्रुहरूले असुविधा भोग्दै आएका थिए। सो समस्यालाई समाधान गर्न महानगरपालिकाले २०८३ असार मसान्तसम्म निःशुल्क रूपमा सटल बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

यस सेवाको सञ्चालन लागत साझेदारीका लागि पोखरा महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै ढकालले स्थानीय सरकारसँग सहकार्य गर्दै जनहितका कार्यक्रमहरूमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने बताए। महानगरपालिकाका तर्फबाट पोखरेलले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

महानगरपालिकाले यो सेवा मार्फत यात्रुहरूलाई सुलभ, सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने अपेक्षा गरेको जनाएको छ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...