CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच ‘नेपाल पे कार्ड’ सेवाका लागि सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। Rastriya Banijya Bank Limited र Nepal Clearing House Limited बीच ‘नेपाल पे कार्ड’ सेवा विस्तारका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन्। बैंकका तर्फबाट सीईओ देवेन्द्र रमण खनाल र एनसीएचएलका तर्फबाट सीईओ निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

यस सहकार्यसँगै राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएलद्वारा सञ्चालन हुने National Payment Switch अन्तर्गतको नेशनल कार्ड स्विच (NPS-NCS) र डोमेस्टिक कार्ड स्किम NEPALPAY Card को प्रमुख सदस्य बनेको छ। यसले निकट भविष्यमा बैंकका ग्राहकलाई ‘नेपाल पे कार्ड’ सेवा उपयोग गर्ने बाटो खुल्ने बैंकले जनाएको छ।

सम्झौता आदानप्रदान कार्यक्रममा दुवै संस्थाका उच्च अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। एनसीएचएलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीसहित कार्डसम्बन्धी विभागका प्रमुखहरू सहभागी थिए भने बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप–कार्यकारी अधिकृत पवन रेग्मी लगायत अधिकारीहरू उपस्थित थिए।

वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभर ३१४ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटिएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिँदै आधुनिक भुक्तानी प्रणालीमा जोड दिइरहेको छ।

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा...

वि.सं.२०८३ जेठ २४ आइतवार २२:५१

  काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा...

नयाँ कर संरचनापछि लिपमोटर B10 को मूल्य ५ लाखले घट्यो, अब ५४.९९ लाखमा उपलब्ध

नयाँ कर संरचनापछि लिपमोटर B10 को मूल्य...

वि.सं.२०८३ जेठ २४ आइतवार २२:२४

  काठमाडौं, जेठ २४ – नेपालका लागि लिपमोटर (Leapmotor) गाडीको...

सीजीरिलायन्सद्वारा मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा योगदान

सीजीरिलायन्सद्वारा मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा...

वि.सं.२०८३ जेठ २४ आइतवार २२:१४

  काठमाडौं । सीजीरिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिकाको वडा नम्बर...

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार २२:०३

  काठमाडौं, जेठ २४ – एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा...

वर्ल्डकप टु वर्ल्डकप’ योजना: विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजीले ल्यायो ४ वर्षको वारेन्टी र ३६ हजारसम्मको क्यासब्याक

वर्ल्डकप टु वर्ल्डकप’ योजना: विश्वकपको उत्साहलाई दोब्बर...

वि.सं.२०८३ जेठ २४ आइतवार २१:५७

  काठमाडौँ – फुटबलको महाकुम्भ विश्वकपको ज्वरोले सम्पूर्ण विश्वलाई छोइसकेको...

बजेट कार्यान्वयनमा जोड, ऊर्जा तथा विद्युतीय क्षेत्रले माग्यो लगानीमैत्री वातावरण

बजेट कार्यान्वयनमा जोड, ऊर्जा तथा विद्युतीय क्षेत्रले...

वि.सं.२०८३ जेठ २४ आइतवार २१:५०

  काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत उद्योग,...