NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

सागर ढकाल दोस्रो उच्च मतसहित कार्यकारिणी समिति सदस्यमा निर्वाचित

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को हालै सम्पन्न निर्वाचनमा वस्तुगत समूहबाट सागर ढकाल दोस्रो उच्च मत प्राप्त गर्दै कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित हुनुभएको छ। निजी क्षेत्रको प्रतिनिधित्व गर्ने यस महत्वपूर्ण जिम्मेवारीमा उहाँको विजयलाई व्यवसायी समुदायले सकारात्मक रूपमा लिएको छ।

निर्वाचनमा प्राप्त व्यापक समर्थनप्रति आभार व्यक्त गर्दै नव-निर्वाचित सदस्य ढकालले सम्पूर्ण आदरणीय वस्तुगत अध्यक्षज्यूहरू तथा प्रतिनिधिज्यूहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले यो जनसमर्थनलाई निजी क्षेत्रप्रतिको विश्वासको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

“यहाँहरूले दिनुभएको अमूल्य मत र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। दोस्रो उच्च मतसहितको यो समर्थनले मेरो कर्तव्यबोधलाई अझ बलियो बनाएको छ। म FNCCI मार्फत निजी क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनेछु र व्यवसायमैत्री नीति निर्माण, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि धेरै काम गर्नेछु,” ढकालले बताउनुभयो।

उहाँले उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिने बताउनुभयो। साथै, साना तथा मझौला उद्यम (SMEs) लाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफ्नो भूमिका केन्द्रित रहने उल्लेख गर्नुभयो।

ढकालले आफ्नो कार्यकालमा FNCCI लाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...