CG Electronics
IME Life
NIMB

कोका–कोलाको ‘लोकल्ली योर्स’ अभियान : नेपालका स्थानीय समुदाय र व्यवसायको सम्मान

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। कोका–कोलाले नेपालका स्थानीय समुदाय र पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्न ‘लोकल्ली योर्स’ ९ीयअबििथ थ्यगचक० अभियान सुरु गरेको छ । अधिकांश टोल–छिमेकका मानिसहरू ब्युँझनुअघि नै कसैले आफ्नो पसल खोलिसकेको हुन्छ, त्यस्ता व्यवसायीहरू ग्राहकलाई नामले चिन्छन्, उनीहरूको रोजाइ सम्झन्छन्, हरेक दिन पसल सञ्चालन गर्छन् र विस्तारै मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बन्छन् ।

यस अभियानअन्तर्गत तयार गरिएका भिडियोमार्फत त्यस्ता उद्यमी र स्थानीय साना व्यवसायीहरूलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले आफ्नो समुदायमा निरन्तर महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । दैनिक रूपमा देखिने यी परिचित अनुहारहरूको कथा काउन्टरसम्म मात्र सीमित छैन; अभियानले उनीहरूको व्यक्तिगत यात्रा, अनुभव र संघर्षलाई पनि उजागर गरेको छ ।

यो अभियानले नेपालमा कोका–कोला र स्थानीय उद्यमीबीच दशकौँदेखि कायम रहेको सम्बन्धलाई पनि झल्काउँछ । यी उद्यमीहरूले स्थानीय व्यवसायलाई अघि बढाउन, रोजगारी र जीविकोपार्जनलाई सहयोग गर्न तथा कोका–कोलालाई देशभरका साझा खुसीका क्षणहरूको हिस्सा बनाउन महत्वपूर्ण योगदान दिएका छन् ।

यस अभियानबारे बोल्दै कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कलियाले भन्नुभयो, “स्थानीय व्यवसायहरू नेपालभरका समुदायको मेरुदण्ड हुन् । ‘लोकली योर्स’ अभियानमार्फत हामी उत्पादनभन्दा पर गएर विगत ५० वर्षभन्दा बढी समयदेखि कोका–कोलालाई नेपालीहरूको दैनिक जीवनको हिस्सा बनाउने व्यक्तिहरूको सम्मान गर्न चाहन्छौँ ।”

त्यसैगरी, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कानालेले भन्नुभयो, “टोल–छिमेकका साना व्यवसायीहरू हाम्रो व्यवसायको मेरुदण्ड मात्र होइनन्, आफ्ना समुदायका आधार स्तम्भ पनि हुन् । उनीहरूको मेहनत, सम्बन्ध र उद्यमशील सोचका कारण उनीहरूले दैनिक जीवनमा मानिसहरूबीच सम्बन्ध जोड्दै आएका छन्, जसले कोका–कोलालाई नेपालभरका साझा खुशीका क्षणहरूको हिस्सा बनाएको छ । ‘लोकल्ली योर्स’ उनीहरूको कथा, प्रभाव र समुदाय तथा स्थानीय अर्थतन्त्रलाई सशक्त बनाइराख्ने भूमिकाको सम्मान हो ।”

अभियानमा सहभागी व्यवसायीहरूले कोका–कोला कसरी उनीहरूको दैनिक जीवन, खानपान संस्कृति र जमघटको हिस्सा बनेको छ भन्ने अनुभव पनि साझा गरेका छन् । अभियानमा समेटिएका डल्ले रेष्टुरेन्टका सञ्चालक आलोक कोन्जन भन्नुहुन्छ, “ सुरुदेदिनै कोक यस रेष्टुरेन्टको प्रमुख हिस्सा रहँदै आएको छ । मेरो विचारमा, यो हरेक खानापछि अन्तिम आनन्द दिने पेय हो ।”

त्यसैगरी, शेर्पा जुस सेन्टरका सञ्चालक पासाङ शेर्पा भन्नुहुन्छ, “कोका–कोला बजारमा जताततै पाइन्छ । अहिले त कोक पिउने संस्कार नै बनिसकेको छ । मानिसहरू कोक पिउने चलनलाई पछ्याइ रहेका छन् त्यसैले यसको माग पनि निकै बलियो छ ।”

‘लोकल्ली योर्स’ अभियानले स्थानीय व्यवसायहरूका पछाडि रहेका संघर्ष, नवप्रवर्तन र सामुदायिक गौरवका प्रेरणादायी कथाहरूको सम्मान गर्ने उद्देश्य राखेको छ । किनकि नेपालका धेरै दैनिक खुसीका क्षणहरू यिनै स्थानीय व्यवसायका कारण सम्भव भएका छन् ।

 

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...