CG Electronics
IME Life
NIMB

दराज नेपालमा नयाँ नेतृत्व टोली: बेन यी कार्यवाहक एमडी, रतिश लुइटेल सीसीओ नियुक्त

NIMB
Himalayan Bank

काठमाडौं, २२ जेठ २०८३ – दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज समूहले दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवर बाहिरिने घोषणा गरेको छ । आगामी दिनमा उनी कम्पनीमा सल्लाहकारका रूपमा आबद्ध रहनेछिन् । दराज नेपालको आगामी विकास यात्राको नेतृत्व गर्न बेन यी कार्यवाहक प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् भने कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतिश लुइटेल प्रमुख व्यावसायिक अधिकृत नियुक्त भएका छन् । यो नेतृत्व परिवर्तन आगामी असार १७, २०८३ देखि लागू हुनेछ ।

कुँवरले साढे चार वर्षभन्दा बढी समय दराजमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै कम्पनीलाई उल्लेखनीय वृद्धि र रूपान्तरणको चरणसम्म पुऱ्याएकी छन् । उनको नेतृत्वमा दराज नेपालको व्यवसाय दोब्बरभन्दा बढी विस्तार भएको छ भने ग्राहक संख्या ३० लाखभन्दा माथि पुगेको छ । साथै विक्रेता सञ्जाल २४ हजारभन्दा बढी पुगेको छ, जसमध्ये ८५ प्रतिशत साना तथा मझौला उद्योग छन् । दराजको पहुँच देशभरका १४० भन्दा बढी स्थानसम्म विस्तार गर्दै कुँवरले नेपालमा उद्यमशीलता र डिजिटल व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेकी छन् । उनले कैयौँ साना व्यवसायलाई सशक्त बनाउँदै लाखौं नेपालीको दैनिक जीवनमा ई–कमर्सलाई अभिन्न हिस्सा बनाउन योगदान पुऱ्याएकी छन् । स्वामित्व भावना, उत्तरदायित्व र ग्राहक केन्द्रित संस्कृतिमा आधारित एक सक्षम नेतृत्व टोली निर्माण गर्दै उनले दराज नेपाललाई आगामी सफलताका लागि अझ सुदृढ अवस्थामा पुऱ्याएकी छन् ।

दराज समूह कुँवरको योगदान, समर्पण र प्रतिबद्धताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उनको निर्णयको सम्मान गर्दछ । नेतृत्व हस्तान्तरणलाई सहज र प्रभावकारी बनाउन तथा दराज नेपालका सरोकारवालाहरूको निरन्तर सफलताका लागि कुँवरले पौष १६, २०८३ सम्म सल्लाहकारको भूमिकामा दराजलाई सहयोग गरिरहनेछिन् । यस प्रक्रियालाई सहजीकरण गर्न दराज समूहका प्रमुख व्यावसायिक अधिकृत तथा हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक रहेका बेन यीले दराज नेपालको कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । सन् २०१५ मा अलिबाबा समूहमा आबद्ध भएदेखि यीले डिजिटल बजार विस्तार, सीमापार व्यापार, व्यवसाय विकास तथा प्ल्याटफर्म सञ्चालनका क्षेत्रमा उल्लेखनीय नेतृत्व अनुभव हासिल गरेका छन् ।

त्यसैगरी, दराज नेपालमा सात वर्षदेखि कार्यरत तथा वित्तीय व्यवस्थापन र सञ्चालन क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएका रतिश लुइटेलले दराज नेपालको प्रमुख व्यावसायिक अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । हाल उनी दराज नेपाल तथा दराज श्रीलंकाका लागि वित्त प्रमुखका रूपमा कार्यरत छन् । नेपाली बजारको गहिरो बुझाइ र संस्थागत अनुभवले उनलाई नयाँ भूमिकामा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

आफ्नो कार्यकालबारे स्मरण गर्दै आँचल कुँवरले आफू नेपाल फर्किँदाको उद्देश्य केवल एउटा व्यवसायलाई विस्तार गर्नु मात्र नभएर एक सशक्त संस्था, सक्षम नेतृत्व र नेपालको लागि सबल डिजिटल इकोसिस्टम निर्माण गर्नु रहेको बताएकी छन् । उनले सँगै हासिल गरेका उपलब्धिहरू प्रति अत्यन्त गर्व रहेको र यस यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेकी छन् । अनुभवी व्यवस्थापन समूहको नेतृत्वमा दराज नेपालले आगामी दिनमा अझ प्रगति गर्नेमा आफू विश्वस्त रहेको र आगामी केही महिनासम्म सल्लाहकारका रूपमा कम्पनीलाई सहयोग गर्न पाउँदा उत्साहित रहेको उनको भनाइ छ ।

व्यापार मार्फत समुदायलाई सशक्त बनाउने आफ्नो उद्देश्यप्रति दराज निरन्तर प्रतिबद्ध छ । नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई मार्गदर्शनका रूपमा लिँदै कम्पनीले ग्राहकहरूलाई प्राथमिकता प्रदान गर्ने, विक्रेता तथा ब्रान्डहरूलाई सशक्त बनाउने तथा प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सञ्चालन उत्कृष्टता अझ सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिनेछ । दिगो विकासलाई प्रवर्द्धन गर्दै थप व्यवसाय र उपभोक्तालाई ई–कमर्सका अवसरहरूबाट लाभान्वित गराउने तथा नेपालको डिजिटल रूपान्तरणलाई गति दिने कम्पनीको लक्ष्य रहेको छ ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...