CG Electronics
IME Life
NIMB

म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी : काठमाडौंमा द रिट्ज कार्लटन र द वेस्टिन होटल खुल्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई अल्ट्रा लक्जरी होटल निर्माणका लागि ऐतिहासिक सम्झौता भएको छ। काठमाडौंमा जुन ७, २०२६ मा आयोजित एक समारोहका बीच म्यारियट इन्टरनेसनल इन्क र चौधरी ग्रुपको हस्पिटालिटी विङ ‘सीजी हस्पिटालिटी ग्लोबल’ बीच काठमाडौंमा ‘द रिट्ज-कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो। यो सम्झौताले म्यारियटको वैदेशिक पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थप्नेछ भने म्यारियटका विश्वप्रसिद्ध लक्जरी ब्रान्डहरूले नेपालको राजधानीमा पहिलो पटक प्रवेश पाउनेछन्।

उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएका यी होटलहरू सन् २०३१ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। व्यावसायिक घराना चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुने यी होटलहरूको हस्ताक्षर कार्यक्रममा म्यारियटका बोर्ड अध्यक्ष डेभिड म्यारियट, सीजीका अध्यक्ष डा. बिनोड चौधरी, प्रबन्ध निर्देशक राहुल चौधरी, म्यारियट एसिया प्रशान्तका अध्यक्ष राजीव मेनन र दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट लगायतको उपस्थिति रहेको थियो।

नेपालकै सबैभन्दा ठूलो र बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपले हस्पिटालिटी, एफएमसीजी, वित्तीय सेवा, दूरसञ्चार, शिक्षा, पूर्वाधार, सिमेन्ट, विद्युतीय सवारी साधन र रियल इस्टेट क्षेत्रमा लगानी फैलाउँदै आएको छ। म्यारियटसँगको यो साझेदारीले दक्षिण एसियामा दुई कम्पनीको व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ। सम्झौतापछि म्यारियट एसिया प्रशान्तका अध्यक्ष राजीव मेननले नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्न पाउँदा र चौधरी ग्रुपसँगको सहकार्य सुदृढ हुँदा खुसी व्यक्त गर्नुभयो।

त्यसैगरी, सीजी हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले म्यारियटसँगको सहकार्य नेपाल र दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने यात्राको नयाँ अध्याय भएको बताउनुभयो। उहाँले स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्यहरू निर्माण गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुर्‍याउन सीजी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

नेपालमा पहिलो पटक प्रवेश गर्न लागेको विश्वप्रसिद्ध ब्रान्ड ‘द रिट्ज-कार्लटन काठमाडौं’ राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्थापना हुनेछ। यो होटलमा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक कोठाहरू रहनेछन्, जसलाई उच्चस्तरीय तथा परिष्कृत अनुभव प्रदान गर्ने गरी डिजाइन गरिनेछ। पाहुनाहरूले होटलका पाँचवटा फरक रेस्टुरेन्ट तथा बारमार्फत उत्कृष्ट खानाको स्वाद लिन सक्नेछन्। मनोरञ्जनका लागि आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर तथा द रिट्ज-कार्लटन स्पा जस्ता सुविधाहरू उपलब्ध गराइनेछ।

साथै, होटलमा व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि उपयुक्त हुने गरी ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक सुविधायुक्त हल रहनेछ। यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ५ किलोमिटरको दूरीमा रहनेछ भने नारायणहिटि दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूपा तथा पशुपतिनाथ मन्दिरजस्ता सांस्कृतिक सम्पदास्थलहरूको नजिक अवस्थित हुनेछ।

त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटरको दूरीमा ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा आउनेछ। यस होटलमा १५० वटा प्रिमियम रुम तथा सुइटहरू रहनेछन्। पाहुनाहरूको सेवाका लागि होटलमा तीन वटा डाईनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभन्ली स्पा बाई वेस्टिन, रुफटप स्विमिङ पुल तथा नेचुरल लाइट र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा उपलब्ध गराइनेछ। यो होटल पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने वेस्टिन ब्रान्डको विशेष वेलनेस कार्यक्रममार्फत यात्राको थकान कम गर्ने उद्देश्यका साथ निर्माण हुन लागेको हो।

म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीचको यो नयाँ सम्झौता दुई कम्पनीबीचको दशकौंदेखिको बलियो सहकार्यको पछिल्लो कडी हो। दुई वर्षभन्दा कम अवधिमा भारतमा ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेका छन् भने ४३ सहरमा ५० होटल सञ्चालनमा आइसकेका छन्।

भारतबाहिर सीजी हस्पिटालिटीले फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो’ र ‘अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याएको छ, जुन उक्त देशमा अटोग्राफ कलेक्सन ब्रान्डको पहिलो प्रवेश हो। त्यसैगरी, सीजी डेभलपर्सले दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईकै पहिलो ‘जेडब्लु म्यारियट ब्रान्डेड रेसिडेन्स’ तथा भारतको सिलिगुडी मातिगरामा ‘जेडब्लु म्यारियट होटल’ को घोषणा गरिसकेको छ। हाल यी दुवै कम्पनीले ‘सिरिज बाई म्यारियट’ ब्रान्डमार्फत अन्य क्षेत्रहरूमा समेत सहकार्य विस्तार गर्ने सम्भावनाहरू खोजिरहेका छन्।

अमेरिकाको मेरील्यान्ड राज्यस्थित बेथेस्डामा मुख्यालय रहेको म्यारियट इन्टरनेसनल इन्क सन् २०२६ मार्च ३१ सम्म विश्वका १४६ देश तथा क्षेत्रहरूमा ९,९०० भन्दा बढी होटलहरू सञ्चालनमा रहेको विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी हो। कम्पनीले लक्जरी, प्रिमियम, मिडस्केल, एक्स्टेन्डेड स्टे तथा अल-इन्क्लुसिभ श्रेणीका होटल, रेसिडेन्स, टाइमसेयर र अन्य आवास सेवाहरू सञ्चालन तथा लाइसेन्स प्रदान गर्दै आएको छ भने यसको लोयल्टी प्लेटफर्म ‘म्यारियट बोनभोय’ समेत विश्वभर निकै लोकप्रिय छ।

अर्कोतर्फ, सीजी हस्पिटालिटीको विश्वप्रसिद्ध हस्पिटालिटी ब्रान्डहरू जस्तै आईएचसीएल (टाटा इन्टरप्राइज) अन्तर्गतका ताज, ताज सफारी तथा भिभान्ता, जेटविङ, डबल ट्री बाई हिल्टन तथा फेयरमन्टसँग साझेदारी रहेको छ र सन् २०३० सम्ममा आफ्नो पोर्टफोलियो ६०० भन्दा बढी होटल तथा ३०,००० ‘की’ सम्म पुर्‍याउने सीजीको अपेक्षा छ। सीजी हस्पिटालिटीको पोर्टफोलियोमा माल्दिभ्सको ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा, श्रीलंकाको जेटविङ भिल उयाना तथा ताज समुद्र, फिलिपिन्सको द फार्म एट सान बेनिटो, नेपालको मेघौली सेराई-अ ताज सफारी लज, दुबईको ताज जुमेराह लेक्स टावर्स तथा केन्याको फेयरमन्ट द नोरोफोक र फेयरमन्ट मारा सफारी क्लब लगायतका विश्वप्रसिद्ध प्रपर्टीहरू समावेश छन्।

नेपालकै सन्दर्भमा सीजी हस्पिटालिटी देशकै सबैभन्दा ठूलो होटल व्यवस्थापन कम्पनीमध्ये एक कन्सेप्ट हस्पिटालिटी/फर्न होटल पनि रहेको छ, जसले १५० भन्दा बढी मिड-मार्केटदेखि लक्जरी होटलहरू आफ्नै ब्रान्ड र फर्न सिरिज बाई म्यारियट मार्फत व्यवस्थापन गर्दै आएको छ र सन् २०३१ सम्ममा ५०० होटलहरूसम्म पुग्ने लक्ष्य राखिएको छ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...