CG Electronics
IME Life
NIMB

उपत्यकामा नेपाल प्रहरीको ‘क्विक रेस्पोन्स टीम’

NIMB
Himalayan Bank

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी परिसरले प्रहरीको क्विक रेस्पोन्स टीम (ई–क्यूआरटी) परिचालनमा ल्याएको छ ।
मंगलबार प्रहरी परिसरको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच प्रहरीको ई–क्युआरटी सेवा सञ्जालनमा ल्याएको घोषणा गरिएको हो ।

उपत्यकाभित्र नागरिकलाई शान्ति सुव्यवस्था कायम गर्न र अपराध नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले प्रहरीको क्युआरटी सञ्चालनमा ल्याइएको काठमाडौं प्रहरी उपत्यका कार्यालय रानीपोखरीका एआईजीपी दीपक थापाले बताए ।

उनले भने, ‘समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न अपराध अनुसनधान गर्ने क्रममा नेपाल प्रहरीले विभिन्न पद्धति अपनाउँदै आएका छौं । ई–क्युआरटीले समाजमा शान्ति सुव्यवस्था कायम गरि शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा लिएका छौं ।’

थापाले कुनै पनि अपराधको वस्तुनिष्ट, वैज्ञानिक तथा प्रविधियुक्त अनुसन्धान गर्न ई–क्युआरटी सेवा महत्वपूर्ण हुने बताउँदै यसअघि प्रहरीले चलाएका साइकल गस्ती, आरआरटी, पैदल गस्तीहरु भन्दा नयाँ सेवा प्रभावकारी हुने उल्लेख गरे ।

‘हामीले साइकल गस्ती, पैदल गस्ती, आरआरटी लगायत माध्यमबाट घटनाको अनुसन्धान गरिसकेका छौं । घटना भएको जानकारी आएपछि प्रहरी घटनास्थल कति बजे पुग्यो भन्ने आम चासोको विषय हुन्छ । कति जना आयो सरोकार हुँदैन ।

काठमाडौंका प्रहरीका सबै विभाग र विटहरुमा रहेका मोटरसाइकलमा ई–क्युआरटी जडित गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘काठमाडौं प्रहरी परिसरले यसका लागि काम गर्नेछ ।

प्रहरी घटनास्थल पुगे नपुगेको जानकारी लागि लोकेसन र क्यामरासमेत बाइकमै जडान गरिनेछ ।’
नेपाल प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी) चुस्तदुरुस्त बनाउन, राजमार्ग तथा सहरी क्षेत्रमा घटना भएको १० मिनेटभित्र प्रहरी घटनास्थलसम्म पुग्ने व्यवस्था मिलाउने थापाको भनाइ थियो ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...