CG Electronics
IME Life
NIMB

भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२४’ सुरु

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२४’ सुरु भएको छ ।

स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको चेम्बर एक्स्पोको बिहीबार श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा उद्घाटन गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली उत्पादनको बजारीकरण,प्रविधिको उच्चतम प्रयोग र नेपाली उत्पादनलाई नजिकबाट नियाल्न एक्स्पोले सहयोग गर्ने बताए ।

उनले भने,‘अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको आर्थिक क्रियाकलाप, नवीनतम प्रविधिको प्रयोग एवं व्यापार प्रवद्र्धनका नयाँ आयामहरु न्जिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्छ भन्ने विश्वास लिएको छु ।

साथै उत्पादन वृद्धि र निर्यात प्रवद्र्धन गर्न सहयोग गर्न सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’

एक्स्पोमा विगतका वर्षहरुमा झै कृषिजन्य वस्तुहरु, हस्तकलाका सामानहरु, अटोमोबाइल, इलेट्रोनिक्सलगायतका प्रदर्शनीले दर्शकलाई आकर्षक गर्ने दाबी गरे ।

बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने प्रदर्शनीमा हस्तकलाका वस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने आयोजकले जनाएको छ ।

त्यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै श्रममन्त्री डीपि अर्यालले नेपालको अर्थतन्त्र विकासमा नेपाल चेम्बर अफ कमर्सले ठूलो योगदान पुर्याएको भन्दै संसारभरिको सम्बन्ध गौरवको विषय भएको बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...