CG Electronics
IME Life
NIMB

जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत  : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाइएको छ ।

यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो । रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष प्राध्यापक नेपालले रेडक्रसमा आवद्ध जुनियर युवाहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरूमा सहभागी गराउँदै उनीहरूको सीप र दक्षता अभिबृद्धि गरी अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो । जलबायु परिवर्तनबाट उत्पन्न समस्यालाई सम्बोधन गर्न हाल रेडक्रसका युवाहरूबाट सञ्चालन भइरहेको परिवर्तक (द चेन्जमेकर) अभियानबाट महत्वपूर्ण योगदान पुग्ने बताउँदै अभियानको पूर्ण सफलताको कामना गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले नीतिगत र कार्यक्रमगत तहमा युवाहरूको भूमिकालाई विधानमा कसरी व्यवस्थित गरेर लैजान सकिन्छ भनेर छलफल र सुझाव संकलन गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रमका सभापति एवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालले जुनियर युवा रेडक्रसको इतिहासमाथि प्रकाश पार्दै सबै जिल्लाका शिक्षण संस्था र समुदायमा जुनियर तथा युवाहरूको संलग्नतामा मानवीय सेवा प्रदान गर्ने सञ्जालको रूपमा नेपाल जुनियर र युवा रेडक्रस सर्कलहरूको स्थापना, विकास र विस्तार हुँदै आएको बताउनुभयो ।

जुनियर तथा युवा रेडक्रसलाई नीतिगतरूपमा सबलीकृत गर्दै लैजाने सन्दर्भमा पहिलो पटक २०५६ सालदेखि राष्ट्रियस्तरमा जुनियर तथा युवा रेडक्रस नीति तथा कार्यप्रणाली तर्जुमा गरी कार्यान्वयनमा रहेको उहाँले जानकारी गराउनुभयो ।

संयोजक नेपालले समयसापेक्ष रेडक्रसको विधान संशोधन हुने प्रक्रियामा रहेको सन्दर्भमा रेडक्रसको संरचना अस्तित्वमा रहने सवै निकायहरूमा (पालिकादेखि राष्ट्रियस्तरमा) युवा सञ्जालको निर्माण गरी विधिवत रूपमा केन्द्रीयस्तरमा समेत युवा परिषद् गठन गर्ने र सो परिषद्को संयोजक नेरेसो केन्द्रीय कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था हुनेगरी व्यवस्था गर्न पैरवी भैरहेको हँुदा नीति निर्माण तहमा युवाको सहभागिता सुनिश्चितता गर्ने पहल भइरहेको बताउनुभयो ।

सो कार्यक्रमा बोल्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल कार्यक्रम संयोजक हार्भे गजेउले चेञ्जमेकर अभियान प्रभावकारी रूपमा सञ्चालन गरेकोमा रेडक्रसका युवाहरूलाई धन्यवाद दिँदै युवाहरूको पहल र इच्छा शक्तिको सरहाना गर्नुभयो । द चेञ्जमेकर (परिवर्तक) अभियान महासंघको सहयोगमा सञ्चालन भइरहेको छ ।

सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले जलबायु परिवर्तनका क्षेत्रमा रेडक्रसका युवाहरूद्वारा सञ्चालित परिवर्तक (चेञ्जमेकर) अभियानका बारेमा जानकारी गराउने, अभियानलाई देशव्यापी बनाउने र अन्य मानवीय सेवाका क्षेत्रमा युवाहरूको सहभागितालाई अझ बढाउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

सो कार्यक्रममा चेञ्जमेकर अभियान कोर टिमका सदस्य युवा सुजन खतिवडाले गत डेढवर्षदेखि अभियानद्वारा सञ्चालित गतिविधिहरूका बारेमा प्रस्तुतीकरण गर्दै जलवायु परिवर्तनको मुद्दामा युवाहरूका सिर्जनात्मक बिचारहरूलाई अगाडि ल्याउन र अभियानलाई व्यापक बनाउन प्रदेश र जिल्ला स्तरमा थ्(बमबउत तालिमहरू सञ्चालन गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा अभियानका क्रममा युवाहरूद्वारा तयार पारिएका जलवायु परिवर्तनसम्बन्धी ७ वटा भिडियोहरू प्रदर्शन गरिनुका साथै सुझावहरू संकलन गरिएको थियो । कार्यक्रममा जुनियर युवा रेडक्रसको सुदृढीकरण, स्रोत संकलन र परिवर्तक अभियानलाई रेडक्रस सञ्जालमा जोड्ने विषयहरूमा युवा प्रतिनिधि, रेडक्रसका केन्द्रीय पदाधिकारी, कर्मचारीहरू र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरूको सहभागितामा समूहगत छलफल गरिनुका साथै निष्कर्षहरू प्रस्तुतीकरण गरिएको थियो ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा, केन्द्रीय सदस्यहरू नारायण तिमिल्सिना, राजेन्द्रमान ताल्चाभँडेल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुदर्शन अधिकारी, निर्देशक एवं विभागीय प्रमुख र कर्मचारीहरू, काठमाडौं उपत्यकाका जिल्ला शाखाका पदाधिकारी र सदस्यहरू, युवा प्रतिनिधिहरू र महासंघको नेपालस्थित कार्यालयका प्रतिनिधि र साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम चेञ्जमेकर अभियानका युवा सदस्यहरू प्रतिभा दवाडी, केपी शर्मा, बन्दना पोखरेल र बिशाल थारूले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो । सो अवसरमा युथ रेडक्रस सर्कल त्रिचन्द्रकी साबित्री कडेंलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

‘म सेवा गर्छु’ भन्ने मूल मन्त्रका साथ २०२१ साल फागुन २२ गतेका दिन जुनियर युवा रेडक्रसको स्थापना भएको हो । हाल देशभरमा ६ हजार ६ सय ३२ जुनियर तथा युवा रेडक्रस सर्कलमा ९ लाख ७० हजार ३ सय १० जुनियर युवा सदस्यहरू आवद्ध भई मानवीय सेवाका गतिविधिहरूमा संलग्न भइरहेका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...