CG Electronics
IME Life
NIMB

प्रधानमन्त्रीको न बोली सुध्रियो, न जिम्मेवारी पुरा भयो

NIMB
Himalayan Bank

डा. डिला संग्रौला
हामीले माओवादीसँग चुनाव अगाडि नै गठबन्धन गरेका थियौं । त्यो दुई पार्टीको मात्रै होइन्, जनता पनि त्यसमा सामेल थियो । उनीहरुको भनाइ के थियो भने पाँच वर्षसम्म प्रतिबद्धता गरेको घोषणापत्रअनुसार काम होस् भन्ने चाहना थियो । आज बीचैमा आएर गठबन्धन तोड्नु भएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कांग्रेस पार्टीलाई दिएको धोका होइन, जनतालाई धोका दिइरहनु भएको छ । जसले जनता, राष्ट्रलाई धोका दिन्छ, जो वचनमा प्रतिबद्ध छैन, त्यो मान्छेले देश कसरी चलाउछ ? त्यसकारणले गर्दा यो राजनीति धोकाबाजी हो ।

 

यो राजनीतिक बेइमानी पनि हो, राजनीति विश्वासघात पनि हो । एकातर्फ जनतालाई विश्वासघात गर्नुभयो अर्कोतर्फ गठबन्धनमा आइसकेपछि स्थिरता, स्थायित्व, समृद्धि विकास भनेर हामीसँगै गयौं । सँगै गइसकेपछि आफ्नो स्वार्थको लागि राजनीतिक बेइमानी गर्नुभएको छ । यो बेमानहरुले जब मुलुक चलाउँछन् भने राष्ट्र कहाँ जान्छ भनेर प्रश्न उठेको छ त्यसकारण नेपाली कांग्रेसको संसदीय दलले यो राजनीतिक बेइमानी र धोकेबाजी भनेर भनेको छ । आज यो कुरा सदनमा पनि उठाइसकेको छ ।

कोशीमा नेपाली कांग्रेसको नेतृत्वमा नै थियो, मुख्यमन्त्री नबन्दै गर्दा मध्यावधिका जाने थियो, त्यही बीचमा एउटा सरकार गठन भयो, त्यो बीचमा पनि सम्झदारी भएर यो सरकारलाई समर्थन दिइसकेको थियो । राजनीतिमा कहिले एक कदम अगाडि हुनुपर्छ कहिले पछाडि । त्यो मामिला सकिइ सक्या थियो । अर्को महासमितिको बैठकमा कांग्रेसले अब गठबन्धन नगर्ने, रुखमा भोट हाल्ने प्रतिबद्ध रहने भन्ने यो हाम्रो दस्तावेज हो नि त, दस्तावेजको कुरालाई उठाएर उहाँले जुन बोलिरहनु भएको छ ।

आज एमालेसँग गठबन्धन गरिरहनु भएको छ । एमालेको आफ्नो आधिकारिक दस्तावेज हेर्ने हो भने एमालेले पनि त बोलिरहेको छ नि, धोकेबाज, प्रतिक्रियावादी, यिनीहरुले गर्दा अस्थिरता उत्पन्न भइरहन्छ भनेर आरोप लगाइरहेको छ । हरेक दलले आफ्नो दस्तावेजलाई अब आफ्नो पार्टीमा भोट हाल्छौ, एक्लै चुनाव लड्छौ भन्ने दस्तावेजको कुरा उठाइरहनु भएको छ ।

दोस्रो हिन्दु धर्मको कुरा पनि उठाउनु भएको छ हिन्दु राज्य हुनुपर्छ भनेर नेपाली कांग्रेसले भन्यो भनेर । त्यो महासमितिका साथीहरुले लगेको वैकल्पिक प्रस्ताव हो । मुलुकले चाहने हो भने अगाडि लानु पर्छ भनेर त्यो प्रस्तावको बारेमा छलफल पनि महासमितिमा सानो भयो, पारित पनि भएन ।

तेस्रो कुरा उहाँले के उठाउनु भयो भने अर्थमन्त्रीले साथ दिएन । मन्त्रीबाट सहयोग भएन भनेर झुटा आरोप लगाउनु भएको छ । यो आरोपमा के खण्डन गर्न चाहन्छु भने मन्त्रीहरुबाट असहयोग भयो, काम भएन भने जुन बेला पनि गठबन्धनमा छलफल गरेर यो कुरा राख्न सक्नुहुन्थ्यो नि । त्यो केही पनि गर्नु भएन । यो राजनीतिक बेइमानी, धोकाबाजी, कहिले यता जाने कहिले उता जाने प्रक्रियावादी र यो विरोधी शक्तिसँग मिलिरहने, अस्थिरताको खेल खेल्ने, मनसायको पुष्टि कहाँबाट हुन्छ भने उहाँले जबसम्म यो राजनीतिमा जीवन्त हुन्छ, तबसम्म यस्ता खेलहरु खेलिरहन्छौ भनेर भन्नुभएको छ । त्यसले पनि यो कुरालाई पुष्टि गर्छ ।

अर्को कुरा प्रधानमन्त्री जस्तो मान्छेले लात्ताले हान्छु, भनेर बोल्नु भएको छ, नेपाली कांग्रेसले पनि यो कुरा सदनमा उठाएको छ । यसले के देखाउछ भने जसरी सशस्त्र द्वन्द्व गरेर यति हजार मान्छे मारेर आज संसदीय व्यवस्थामा हामीले ल्याएका छौ, यो अवस्थामा आउँदा पनि १२ वर्षसम्म कुकुरको पुच्छर ढुंग्रोमा राखे पनि जस्ताको त्यस्तै भने जस्तै भयो ।

 

न उहाँको बोली सुध्रियो, न प्रधानमन्त्रीको कुर्सीमा आएको जिम्मेवारी पूरा भयो, न जनतालाई बचन दिएर गठबन्धनमा आएको कुरा पूरा गर्नु भयो । यो कुराको पुष्टि के भएको छ भने योभन्दा अघिल्लो पटकको संघको निर्वाचन पहिलो भइसक्दा पनि एउटा महागठबन्धन त भएकै थियो । करिब दुई तिहाइको बहुमत थियो, कम्युनिष्टको गठबन्धन गर्दै गर्दा पनि त्यस बेला पनि ठूलै रडाको मच्चाएर आरोप प्रत्यारोप गरेर एउटै पार्टीका दुई वटा पाइलट भएर त्यो पनि टिक्न सकेन नि त ।

फेरि यो गठबन्धनमा आइसकेपछि पहिला पनि तुरुन्तै सल्लाह नै नगरी आफू बन्नको लागि पहिला एमालेसँग मिल्यो, फेरि आएर कांग्रेससँग मिल्यो । यसले के देखाइरहेको छ भने शक्तिको लागि जे पनि गर्ने जनता र राष्ट्रप्रतिको जिम्मेवारी भने नसम्हाल्ने यस्तो अस्थिर मानसिकताको उपजको प्रतिक नेकपा माओवादीको अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् । त्यसैले यो राजनीतिक बेइमानी हो ।

एक्लै चुनाव लड्ने भनेर हामीले भनेका नै छौ । अब समयले परिस्थितिले एउटा राजनीतिक नयाँ कोर्स, संविधानमा नभएको कुरा दुई पटक प्रतिनिधि सभा भंग हुँदा त्यो रक्षाको लागि हामी एक ठाउँमा उभिएका हौ ।

 

अबको हाम्रो भावी रणनीति भनेको एउटा वैचारिक रुपान्तरण हो, राजनीतिक उद्देश्य प्राप्ति हो, आर्थिक क्रान्ति अझै पनि भएको छैन । समाजवादलाई पनि अहिलेको समयमा पुनर्परिभाषित गर्नुपर्ने, आजको लागि समाजवाद भनेको युवाको लागि रोजगारी हो । महिलाको लागि सशक्तिकरण र अर्थपूर्ण सहभागिता, हिंसाको अन्त्य, हरेक वर्ग जातजातिका लागि समावेशी लोकतन्त्रभित्रको पहिचान, अवसर पनि हो ।

आज किसानले, मिटरब्याजी, सहकारीपीडित सबैले आफ्नो मुद्दा उठाइरहेको छ, यस्तो परिस्थितिमा मुलुक गाँजिएको बेलामा यो समस्याहरुलाई हामी जहाँ स्थानीय सरकारमा छौं त्यो सरकारमार्फत पनि जवाफ दिन्छौ । जनताको पक्षमा उभिन्छौं । दोस्रो प्रतिनिधि सभा, प्रदेश सभामा पनि सशक्त प्रतिपक्षको भूमिकामा उभिन्छौं ।

 

संगठनभित्र सुदृढीकरण, रुपान्तरण र शुद्धीकरण आत्मालोचना गरेर संगठनको शक्तिलाई मात्रै एउटै जगमा उभिन, चाहे कम्युनिष्ट होस्, चाहे महागठबन्धन होस्, चाहे स्टन्टबाजी गर्ने नयाँ पार्टी होस् कसैले हल्लाउन पर्दैन । ८४ मिसन हाम्रो होइन, जनता हाम्रो पक्षमा उभिन्छन् । त्यसकारण सरकारमा जाँदा पनि मलाई लागेको अनुभव सरकारमा हामी छौ, तर निराशा, असन्तुष्टि किन थियो, किन विकास भएन भनेर वाक्य बनिरहेको थियो ।

यो गठबन्धन सरकारमा जाँदा काम गर्न नसकिने रहेछ नि, चारतर्फ मुख फर्किएका, धेरै विचारधारा भएका स्वार्थ र सत्तालिप्सामा पुगेकासँग टासिइरहनु भन्दा नेपाली जनताको पक्षमा उभिने खबरदारी गर्ने हो भने पनि ठूलो शक्ति हुन्छ, त्यसले मात्र रुपान्तरण गर्न सक्छ भनेर मलाई त खुसी नै लागेको छ ।

(कांग्रेस नेता संग्रौलासँग नेपाल न्युज बैंकले गरेको संवादमा आधारित)

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...