CG Electronics
IME Life
NIMB

बागमती प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेश

NIMB
Himalayan Bank

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मासमक्ष राष्ट्रिय दलित आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले हेडौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख शर्मासमक्ष आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

दलित समुदायको विद्यमान अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश, आयोगको संगठनात्मक र श्रोत साधनको अवस्था र आयोगले वर्षभरि गरेका गतिविधिहरू समेत संगालेर तयार गरिएको प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेश गरिएको आयोगका प्रवक्ता पुर्कुटीले बताए ।

‘प्रतिवेदनले समग्र नेपाली दलित समुदायको अवस्थाबारे चित्रण गर्छ । आयोगले सो समुदायको उत्थान, शशक्तिकरण र समुन्नतिका लागि के गरिरहेको छ ? भन्नेबारे समेत जानकारी गराएको छु,’ उनले भने ।

आयोगले राज्य नीति र संरचनाहरू दलितमैत्री नरहेको भन्दै त्यसकालागि पहल गर्न ध्यानाकर्षण गराएको छ । ‘संघीय प्रणालीमार्फत् दलित समुदायको माग एवम् मुद्दाहरुलाई तीनै तहका सरकारले सम्बोधन गर्न सकेको अवस्था छैन ।

 

त्यो कुरा प्रतिवेदनमा स्पष्ट छ,’ उनले भने, ‘तीनै तहका सरकारबीच आपसी समन्वय र सहकार्यबाट दलित समुदायको समस्या र मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।’

संविधानले आयोगलाई संवैधानिक आयोगकारुपमा सूचीकृत गरेपनि सरकारले पर्याप्त श्रोत साधन र जनशक्ति नदिँदा आयोगले काम गर्न नसकेको उनले गुनासो गरे ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...