CG Electronics
IME Life
NIMB

बिहेको लगन र विश्व बजारको मागले पहेंलो धात सुनको मूल्य अकाशिँदै

NIMB
Himalayan Bank

 

काठमाडौं । बिहेको लगन र विश्व बजारको मागले पहेंलो धातु सुनको मूल्य अकाशिएको तर्क गरिरहेका छन् व्यवसायीहरु । नेपाल सुनचाँदी व्यवसायी महासंघ नै भनिरहेको छ यो वर्ष सुनको मूल्य दोब्बर बढेर रेकर्ड नै राख्यो ।

सुन आभूषणको लागि एक अभिन्न धातु मानिन्छ र यसलाई गरीब होस् कि धनी सबै देश र वर्गमा उच्च महत्व दिने गरिएको छ ।
एकदिन अघि मात्र बजारमा सुन प्रति तोला एक लाख २५ हजार रुपैयाँ हाराहारीमा किनबेच भएको महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढेर जाने अनुमान गरिएको छ । तर कतिसम्म बढ्छ भन्ने जवाफ कसैसँग छैन । महासंघका अनुसार पाँच वर्ष पहिले २०७५ चैतमा सुनको मूल्य अधिकतम ६० हजार ६०० रुपैयाँ थियो । त्यसयताका हरेक वर्ष सुनको मूल्य तीव्र गतिमा बढिरहेको छ ।

ज्यादा महत्व दिईएकाले नै हो सुन जति महँगो भएपनि जसोतसो खरिद गर्छन् यसका उपभोक्ता र आफूलाई गरीब छैन भनेर जबजस्ती प्रमाणित गर्ने प्रयत्न गरिरहन्छन् । सुन व्यक्ति र परिवारको आर्थिक र सामाजिक हैसियत मापन गर्ने अमूल्य मापन यन्त्र बन्न पुगेको छ ।

राजनीतिमा नेताको र आभूषण बजारमा सुनको मूल्य कतिखेर बढ्छ कतिखेर खस्छ कुनै ठेगान हुँदैन । सत्ता गठबन्धन अस्थिर छ, यसको स्थायित्व ज्यादै अनिश्चित बन्दै गएको छ । समझदारीमा भन्दा पनि नेताको सनकमा गठबन्धनको आयु निर्भर गर्न थालेको छ ।

वर्षदिन अघिमात्र नेपाली कांग्रेस सहितका दलहरुको समर्थन लिएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले हालै आँधीहुरी नै सिर्जना गरेर पुरानो गठबन्धन भत्काउने र नयाँ बनाउने कार्य सम्पन्न गरेका छन् ।

 

दाहाल नेतृत्वको दल माओवादी केन्द्र संस्थागत निर्णय नगर्न विवश छ, दाहाल नै निर्णायक हुन् भनेर त्यो दलले सर्वाधिकार उनैलाई सुम्पिसकेको छ । तसर्थ, गठबन्धन तोडफोड गरेर अर्को बनाउन दाहाललाई अरु कसैको परामर्श आवश्यक भएन । शक्ति केन्द्रहरुमा आफैं दौडधुप गरेर दाहालले नयाँ गठबन्धनको जग बसाले र अनिश्चित भविष्य भएको सरकारको संरचना निर्माण गरे ।

 

‘उथलपुथलका नायक’ दाहालले यो छोटो अवधिमा सत्ताको नायकत्व त आफैंसँग राख्न सफल भए । तर संसद र सार्वजनिक बहसमा उनको बजार भाउ निकै नै खस्केको छ । शेयर बजार र सुनको भाउ बढेपनि दाहालको भाउ ह्वात्तै घटेको छ । उनी ‘धोकेबाज र अविश्वसनिय पात्र’ का रुपमा प्रचारित भैसकेका छन् ।

नवीन गठबन्धनका आर्किटेक्चर मानिएका खड्ग प्रसाद शर्मा ओलीले पनि आफ्नो भाउ जोगाउन सकेनन् । विगतमा आफैंले नेता मानेका अर्का नेतालाई निम्नकोटीको टिकाटिप्पणी गरेर जीवनभर उनीसँग आमनेसामने नै नहुने ठोकुवा गरिसकेका ओलीले ती नेताको निवास छिरेर क्षमायाचना समेत गर्नु राजनीतिको दूर्लभ घटना मानिएको छ । माधव कुमार नेपाल एमालेका पूर्व महासचिव र अध्यक्ष पनि भैसकेका नेता हुन् ।

 

ओलीको छुच्चो शैलीसँग असमत भएपछि एकिकृत समाजवादी दल खोलेर राजनीति गरिरहेका नेपाललाई ओलीले उनको नाम काढेपछि आफ्नो मुख कुल्ला गर्छु भनेर सार्वजनिक रुपमै घोषणा गरेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग नयाँ गठबन्धन बनाउन सहमत भएपछि पुराना सबै कुरा बिर्सेर ओली दाहालसँगै नेपाल निवास छिर्न हिच्किचाएनन् । नेपालकै धर्मपत्नीले पकाएको कालो चिया सुक्र्याएर ओली फर्किएपछि नयाँ गठबन्धनको भविष्य सुनिश्चित भएको हो ।

यो घटना पछि एमाले अध्यक्ष ओलीको राजनीतिक बजार भाउ ओरालो लागेको राजनीतिक विश्लेषकको ठम्याईं छ ।
राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि हुँदैनन् भन्ने परम्परागत भनाईलाई ढाल बनाएर नेताहरु नैतिक अनैतिक र जायज नाजायज कर्महरु गरिरहन्छन् । जसरी दाहाल र ओलीले नयाँ गठबन्धनको खाका तयार गरेर नयाँ सहकार्य सुरु गर्दा त्यही बाटो समाए ।

 

त्यसो त हालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आलोचनाबाट मुक्त छैन । संविधानको आधारभूत मूल्यमान्यता विपरित धर्मनिरपेक्षता विरोधी प्रस्ताव ग्रहण गरेर उल्टो बाटो हिँड्न खोजेको भनेर नयाँ गठबन्धनका निर्माताहरुले नेपाली कांग्रेसमाथि आरोप लगाईरहेका छन् ।

महासमिति बैठकमा उसले हिन्दू धर्मको पक्षमा संकलन गरिएको बहुमत महासमिति सदस्यको हस्ताक्षर सहितको प्रस्ताव नेपाली कांग्रेसले ग्रहण गरेकै हो । यस कारण उसको पनि राजनीतिको मूल प्रवाहमा भाउ खस्किएको टिप्पणी भैरहेको छ ।

गएको संसदीय निर्वाचनमा अप्रत्याशित रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आफ्ना बारेमा गम्भीर कानूनी अनुसन्धान सम्पन्न नभईकन गठबन्धनको वाध्यताको पात्र बनेर फेरि गृह जस्तो संवेदनशील मन्त्रालयको नेतृत्वमा पुगेपछि त्यस दलको लोकप्रियतामा पनि प्रश्न गर्न थालिएको छ । जनतामाझ बढ्दै गएको भाउ उसकै कर्मले खस्किन थालेको देखिएको छ ।

समाजको लेखापरीक्षणमा दल र तिनका नेताको प्रतिवेदन बेरुजुले भरिएर आईरहेको देखिन्छ । यसको फस्र्योट त आगामी निर्वाचनहरुमा अवश्य नै होला । नजिकै आईरहेको उपनिर्वाचन पनि दलहरुको हैसियत मापन गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा मतदाताले उपयोग गर्ने नै छन् ।

यसरी दुइवटा बजारमा कसैको भाउ बढ्ने र कसैको घट्ने क्रम जारी रहेको छ । नेता र दलको भाउ घट्दा सिंगो संसदको भाउ बढ्ने सम्भावना रहँदैन, त्यसैले दलहरुको क्रियाकलापको सोझो असर जननिर्वाचित संसदमा पनि परिरहेको छ जसलाई दलहरुले उपेक्षा गरिरहेका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...