CG Electronics
IME Life
NIMB

काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ ।

दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरुका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो । यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरुको स्टल रहने छ ।

यहि चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रुपमा आयोजना गरेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुने छ भने गेट १ बजे नै खुल्ला रहने छ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ ।

यस बारेमा बोल्दै फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, “काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनर हुन पाउँदा हामी निकै उत्साहित छौँ ।

हामीलाई आशा छ कि यस सांगीतिक माहोलमा दर्शक श्रोतहरुलाई उत्कृष्ट स्वाद प्रदान गर्दै यो कार्यक्रमलाई आझै धेरै मनोरञ्जन बनाउन सक्छौ। हामी विश्वस्त छौँ कि उत्कृष्ट संगीत र स्वादिष्ट खानाको सम्मिश्रणले सहभागी सबैका लागि यो कार्यक्रम अविस्मरणीय हुनेछ ।”

आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीतहरु गाएका छन् । आफ्नो सुमधुर आवाजले ठूलो संख्यामा दर्शक श्रोताको मन जित्न सफल आतिफले थुप्रै अवार्डहरू पनि जितेका छन् । काठमाडौँ म्युजिक फेस्टिभलको दोस्रो दिनमा भने अनुभ जैन र एज ब्यान्ड जस्ता अन्य चर्चित कलाकारहरूले पनि प्रस्तुति दिने आयोजकले जनाएका छन् ।

यस बारेमा बोल्दै फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भन्नुभयो, “काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुको उपस्थितिले संगीतमा स्वाद थपेर यस कार्यक्रममा सहभागीहरुलाई विशेष मनोरञ्जन प्रदान गर्नेछ । फूडमान्डुले खानाको पारखीहरुलाई वर्षौदेखि विशेष प्राथमिकता दिँदै आएको छ र यस पटक पनि हामीले त्यही परम्परालाई निरन्तरता दिएका छौँ । ”

फूडमान्डुले विगत एक दशक भन्दा अगाडी देखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरुको घर आगनमा खाना डलिभरी गर्दै आइरहेको छ भने यो सहकार्यले पनि फूडमान्डुको ग्राहकवर्गलाई फरक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताको प्रमाण हो ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...