CG Electronics
IME Life
NIMB

हिमालय इन्टरप्राईजेज प्रालिले भ्रमपूर्ण समाचारकाे गरयो ध्यानकर्षण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । हिमालयन इन्टरप्राईजेज प्रालिले पुल्चोकस्थित जग्गा सम्वन्धमा भ्रमपूर्ण समाचार प्रकाशित भएकाे भन्दै ध्यानाकर्षण गराएकाे छ। विज्ञप्ति जारी गर्दै कम्पनीले व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि विभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएकोप्रति ध्यानाकर्षण गराएकाे हाे।

साथै विज्ञप्तिमा २०३८ सालदेखि तहगत न्यायिक निकायबाट कानूनी माध्यमबाट पुलचोक ललितपुरस्थित कित्ता नं. ४३ को ४-४-१-० रोपनी जग्गा हिमालयन इन्टरप्राईजेज प्रालिका नाममा हक कायम भएको जनाएकाे छ।

 

२०५१ जेठ १० गते कम्पनी खरिदसंगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धमा सर्वोच्च अदालतबाट २०५७ जेठ ३२ मा भएको फैसला एवं २०६२ कार्तिक १ गते भएको परमादेशको आदेशमा मालपोत कार्यालयबाट कानून वमोजिम २०६६ साउन १२ गते वडा नं. ३ को कार्यालयबाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल लगायतका सम्पूर्ण जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भएकाे उल्लेख गरेकाे छ।

 

हिमालयन इन्टरप्राईजेज प्रा.लि. को पुल्चोक स्थित जग्गा सम्वन्धमा भ्रमपूर्ण समाचार
प्रति गम्भिर ध्यानाकर्षण

२०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेज प्रा.लि.का नाममा हक कायम भएको पुलचोक ललितपुर स्थित कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गा सम्वन्धमा विगत केही दिन देखि केही समुहले उक्त जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरि रहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि बिभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएको प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएकोछ ।

मिति २०५१/०२/१० मा कम्पनी खरिद संगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धमा श्री सर्वोच्च अदालतवाट मिति २०५७/०२/३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) मिति २०६२/०७/०१ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयवाट कानून वमोजिम गर्नु भनि भएको फैसला अनुरुप कार्वाही हुँदा मिति २०६६/०४/१२ मा वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप मिति २०६७/०९/२९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको व्यहोरा जानकारी गराउदछौं । सो जग्गा सम्वन्धमा विभिन्न व्यक्तिहरुले हकदावीे गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेतापनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. (०७४–CI–०४८२) र (०७४–CI–०४८४) मा श्री सम्मानित सर्वोच्च अदालतवाट मिति २०७९÷११÷२३ अन्तिम फैसला भईसकेको अवगत गराउदछौं ।

यस कम्पनीले कानून वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिक रुपमा जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन हुन सम्वन्धित पक्षहरुलाई अनुरोध गर्नुका साथै सम्पूर्ण संचार मध्यमहरुले समेत सत्य तथ्य बुझी समाचार सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध गर्दछौं ।

                                                                                                                                                                  हिमालयन इन्टरप्राईजेज                                                                                                                                                                          प्रा.लि.
                                                                                                                                                                          पुल्चोक, ललितपुर ।
                                                                                                                                                                             मितिः २०८०/१२/४

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...