CG Electronics
IME Life
NIMB

गृहसचिबको भनाई : ‘सामाजिक सद्भाव विथोलिने देखेर ६८ बूँदे निर्देशन’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । गृह मन्त्रालयले देशका विभिन्न भागमा साम्प्रदायिक सद्भाव विथोल्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोग भएको निष्कर्षमा पुगेपछि ६८ बुँदे निर्देशन जारी गरिएको स्पष्ट पारेको छ ।

गृह सचिब एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै गृहको निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लक्षित नभएको स्पष्टीकरण दिए ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर नेपालगञ्जमा साम्प्रदायिक सद्भाव भड्काउने किसिमको काम भएपछि कफ्र्यु लाउनुपर्ने वाध्यता आएको उदाहरण दिँदै सचिब अर्यालले त्यसको असर अरु क्षेत्रमा पनि परेको बताए ।
सुरक्षा अवस्थाको चर्चा गर्दा सचिब अर्यालले पटक पटक साधन स्रोतको अभाव रहेको औंल्याएका थिए ।

उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग पर्याप्त साधन स्रोत नभएकाले अपराध नियन्त्रण, अनुसन्धान र सीमा सुरक्षा अनुगमनमा कठिनाई परेको चर्चा गरे । अर्यालले मधेशमा सुरक्षा चुनौति अन्यत्र भन्दा बढी भएको भन्दै तश्करी, दलाली र अपराध कर्ममा संलग्न व्यक्ति तथा समूहले राजनीतिक संरक्षण पाएको पनि औंल्याएका थिए ।

उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख समेत उपस्थित समितिको बैठकमा सचिब अर्यालले शान्ति सुरक्षा मजबुत पार्न स्थानीय तहका प्रशासन र सुरक्षा निकायलाई पनि पर्याप्त साधन स्रोत उपलव्ध गराउनुपर्ने भन्दै अर्थ मन्त्रालयलाई स्रोत उपलव्ध गराईदिन राज्य व्यवस्था समितिले निर्देशन गरिदिनुपर्ने माग पनि गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नयाँ सरकार बनेपछि समितिको पहिलो बैठकमा गृह प्रशासन र शान्ति सुरक्षाको अवस्थाबारे अवगत हुन बैठक बसेको बताए । गृह, रक्षा र सुरक्षा अंगका महत्वपूर्ण निकायको भूमिका सेवा प्रवाहको नियमित अनुगमन गर्दै अझ प्रभावकारी बनाउन समितिले छलफल आयोजना गरिरहने खतिवडाले बताए ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...