CG Electronics
IME Life
NIMB

‘चीन र भारतको आर्थिक विकास र स्थिरताबाट नेपालले सिक्नुपर्छ’

NIMB
Himalayan Bank

 

पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित स्वर्गीय सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रममा लोहनीले स्व.थापा उदार, कसैप्रति पनि पूर्वाग्रह नराख्ने, आफ्नो आचोलना गर्नेसँग पनि नजिक भएर मिलेर काम गर्न सक्ने खुबी भएको स्मरण गर्दै अहिले देशमा सबैलाई समेटेर लैजाने परिस्थितिको आवश्यकता रहेको औंलयाए ।

उनले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट आर्थिक विकास र राजनीतिक स्थिरतालाई सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति र संस्कृतिको आवश्यक छ ।’

उनले थपे, ‘एकातिर चीन छ, एकातिर भारत छ । दुईवटा देशमा तीन कुराको समानता छ । एउटा समानता भनेको दुईवटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले मेजोरिटी लिएर शासन गरेको ।

मान्छेमा आशा जगाउन सकेको छ । चाइना आफैं पनि विश्व शक्ति भयौं भनेर आएको छ र त्यहाँ राजनीतिक स्थिरता छ ।

यी दुवै देशमा आर्थिक विकास तिव्र रुपमा भएको छ । र तेस्रो भनेको दुवै देशमा राष्ट्रियता असाध्यै बलियो रुपमा आएको छ ।’

लोहनीले नेपालको राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र आफ्नो राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताए ।

उनले एकले अर्कालाई आलोचना गर्ने भन्दा कसैले कसैलाई निषेध नगरी देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सबैको सहमति हुनुपर्ने आवश्यकता औंल्याए ।

 

 

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...