CG Electronics
IME Life
Ncell NPL

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ । बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ विन्दुमा रह्यो ।
कारोबार रकम पनि घटेर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।

आइतबार २.३५ अंकले घट्दै बजार २०२३.३५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो ।

आज १३ उपसमूहमा सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो । फाइनान्स, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटनसँगै अन्य उपसमूह सर्वाधिक घटेका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये १८४ को सेयरमूल्य घटेको छ भने ५२ वटाको बढेको छ । ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
घटेको बजारमा पनि माछापुछ्रे डिबेञ्चर २०८७, मेन्छियम हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरको सेयरमूल्य बढेको छ ।

सर्वाधिक सेयर किनबेच ज्ञादी ग्रुप अफ पावरको भएको छ । उक्त कम्पनीको सेयर १७ करोड ७३ लाख रुपैयाँको किनबेच भएको छ । यस्तै सीवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, सानीमा माई हाइड्रोपावरको ६ करोड ९१ लाखको सेयर किनबेच भएको छ ।

 

घटेका सेयरमा गुराँस लघुवित्त र दोल्ती पावरको नकारात्मक सर्किट नै लागेको छ । खानीखोला हाइड्रोपावर, निफ्रा ऋणपत्र २०८५÷८६, माण्डू हाइड्रोपावर लगायतका कम्पनीको पनि सेयरमूल्य घटेको छ ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...