CG Electronics
IME Life
NIMB

आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी

NIMB
Himalayan Bank

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च गर्नुपर्ने बताएका छन् ।

सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी छिन् । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छ’, उनले भनीन् । ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताईन् । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गरीन्। त्यस्तै अपंगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताईन् । त्यस्तै कतिपय अपांगता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उनीले पूर्ण अपांगता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताईन्। राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको मन्त्री चौधरीले बताईन् ।

मुलुकका हरेक वर्गहरूको पक्षमा सरकारले काम गर्ने बताउँदै उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको भन्दै बताईन् । ‘अत्यन्तै मानव संवेदनशील मन्त्रालयको जिम्मेवारीमा सम्हालिरहेको छु । जसले ५१ प्रतिशत महिला, ८.१३ प्रतिशत ज्येष्ठ नागरिक, ११ प्रतिशत रहेको बालबालिका, अपांगता भएका व्यक्तिहरूको जनसंख्या २‍.२ प्रतिशत जनसंख्या रहेको वर्गको पक्षमा काम गर्नु पर्नेछ’ मन्त्री चौधरीले भनीन् , ‘समग्रमा महिला मन्त्रालयले गर्नुपर्ने काम धेरै छ । जनसंख्याको हिसाबले पनि ठुलो हिस्सा ओगट्छ । तर यस क्षेत्रमा काम गर्नका लागि पर्याप्त बजेट छैन । तर पनि मैले दिइएको स्रोतसाधनलाई बढीभन्दा बढी सकारात्मक कामका पक्षमा प्रयोग गर्ने योजनामा छु ।’महिला मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद् अन्तर्गत धेरै गैर सरकारी संस्थाहरू रहने व्यवस्था रहेको भन्दै उनले ती संघ संस्थाहरूले पछाडि परेका, सीमान्तकृत, समाजमा आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको पक्षमा काम गर्दै आएको समेत उनले बताईन् ।

आगामी दिनका दिनमा अझ प्रभावकारी रूपमा सबै जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँदै उनीले भनीन् । ‘हामी सबै जनताको मतले जनताको काम गर्नका निम्ति निर्वाचित भएर आएका हौँ । त्यस कारणले हामीले जनताको पक्षमा बढी भन्दा बढी काम गर्नुपर्छ । ‘नेकपा एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले अहिले ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ताका रूपमा परिवर्तन भएको बताईन् । संघमा निर्वाचित भएर गएका सांसदहरूको भूमिका केन्द्रमा नीति, निर्माण तहको जिम्मेवारी रहेको भन्दै उनले आफ्नो पक्षबाट जनताका निम्ति सक्ने जति बढी भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरीन्। ‘मैले सक्ने जति अधिकार, कानुनमा व्यवस्था गर्नुपर्ने विषयमा पनि काम गर्छु । सेवा दिनका लागि पनि काम गर्छु । खासगरी गाउँ गाउँमा सेवा पुर्‍याउनका लागि पनि म काम गर्नेछु । जनताको पक्षमा बढी भन्दा बढी काम गर्नका लागि पहल गर्नेछु ।’

यसैगरी मन्त्री चौधरीले ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत राजनीति सहभागिताको व्यवस्था भएपनि सामाजिक रूपमा अन्य विभिन्न सामाजिक संघसंस्थाहरूमा, सेना, प्रहरीमा अझै पनि ३३ प्रतिशत सहभागिता पुग्न नसकेको बताईन्। स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारी उपप्रमुख र उपाध्यक्षलाई दिइएको भन्दै उनले बजेट निर्माण प्रक्रियामा पनि उत्तिकै भूमिका हुनुपर्ने बताइन ‘।

 

देशैभरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि काम गर्न कतिपय कानुनमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले अझै पनि महिला, अपांगता भएका व्यक्तिहरू माथि गम्भीर प्रकृतिका अपराध हुँने गरेको बताइन्। यसैबीच त्यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गरीन्।

 

मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित एक कार्यक्रमका बीच १२० त्यस्ता परिवारलाई व्यक्तिलाई झुल वितरण गरेकी छिन् । गर्मी बढेसँगै तराईमा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति झुल वितरण गरिएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...