CG Electronics
IME Life
NIMB

इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

यात्रु आफैँले चालक र भाडा रकम छान्न सक्ने उपयुक्त विकल्पसहितको सेवा

वैशाख २४, काठमाडौँ– ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ ।

 

पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ ।

 

यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ । इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।

 

इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भन्नुभयो “एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो । इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”

 

त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भन्नुभयो, “नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रा प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्ट्नरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौँ ।”

 

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...