CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकको सञ्चालक ईला शर्माले लिइन् सपथ

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । ईला शर्मालाई अध्यक्ष प्रवल जंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्नुका साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन् ।

उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।

निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइसकेकी छन् । काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा समेत काम गरेकी शर्मा विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।

उनले फूड फस्र्ट इन्फर्मेशन एक्शन नेटवर्क नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरिसकेकी छन् ।

आइआइएलएम विश्वविद्यालय गुढगाँव भारतमा एक प्राध्यापकको रूपमा ल एन्ड जस्टिस, क्रस बोर्डर आरबिट्रेसन एन्ड इनभेष्टमेन्ट ल र इन्टरनेसनल ह्यूमन राइट्स अध्यापन गराउँदै आएकी छन् । उनी यस अघिनै एक प्रतिष्ठित वाणिज्य बैंकको सञ्चालक भइसकिन् ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय सिम र अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सेवा उपलब्ध हुने

कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय विद्युतीय...

वि.सं.२०८३ साउन १३ बुधवार २३:३१

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी...

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष...

वि.सं.२०८३ साउन १३ बुधवार २३:१८

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच...

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...