CG Electronics
IME Life
NIMB

बजेट पूर्ण कार्यान्वयन भएमात्र व्यवसायीको मनोबल उच्च हुन्छ : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटको मार्गनिर्देशन पूर्ण कार्यान्वयन गरेमात्र व्यवसायीको मनोबल उच्च हुने बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग काठमाडौंमा गरेको अन्तरक्रियामा निजी क्षेत्रले दोस्रो चरणको आर्थिक सुधार चाहेको र त्यो बजेटमा सम्बोधन भएको उनले बताए । उनले बजेटमा समेटिएको हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने विषय पनि स्वागतयोग्य भएको बताए ।

‘दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो । बजेटले सम्बोधन गयो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ । यो स्वागतयोग्य छ,’ ढकालले थपे, ‘सरकारले हुबहु यो कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।’

यस्तै, ढकालले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भए पनि यस कार्यान्वयन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।अध्यक्ष ढकालले पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई बजेटमा नसमेटिनु दुःखद पक्ष भएपनि बजेटमा स–साना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझाव अनुसार नै प्राथमिकतामा परेकोमा सन्तुष्टि देखिए ।

विशेषगरी मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटमार्फत काटिएकोमा भने ढकालले गुनासो गरे ।‘मर्जर र एक्विजिसनमा अगाडिको बजेटले दिएको सुविधा कतिपय ओभरसाइज्ड एजेन्सीहरुले दिएको रिपोर्टको कारणबाट आउने बजेटमा काटिएको छ । त्यसले अर्थमन्त्रालयलाई १५/२० अर्ब संकटको बेला आउने राम्रो होला तर, त्यसले दिने सन्देश एकदमै नकारात्मक हिसाबको हुने हुनाले यसमा अर्थमन्त्रीज्युले सुधार गर्नुहुनेछ भन्नेमा आग्रह गर्छु ।’

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...