CG Electronics
IME Life
NIMB

संसद्का दुबै बैठक बस्दै, राष्ट्रिय सभामा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

NIMB
Himalayan Bank

 

काठमाडौं । संघीय संसद्को दुबै सदनको बैठक मंगलबार पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

२०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्।
यस्तै, नेपाली कांग्रेसका २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

२०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति पनि बैठकमा शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। रेग्मीको यही जेठ १ गते मंगलबार निधन भएको थियो ।
दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा उठेको प्रश्नको जनाफ दिने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, प्रतिनिधि सभामा सभामुखले प्रस्तुत गर्ने तीन जना पूर्व संविधान सभा सदस्य सूर्यमान गुरूङ, प्रतिनिधि सभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रिय सभा सदस्यमा निर्वाचित खगेन्द्रराज रेग्मीको राष्ट्रिय सभामा पनि सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...