CG Electronics
IME Life
NIMB

सेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

साताको तेस्रो दिन सेयर बजारमा हरिायली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ ।

सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ ।

सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँमा किनबेच भएको थियो । यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार जलविद्युत २.५८, जीवन बीमा २.४०, निर्जीवन बीमा २.१९, जलविद्युत २.५८ र व्यापार उपसमूह २.१२ प्रतिशतले बढेका छन् ।
२०३ कम्पनीको सेयरमूल्य बढ्दा वरुण हाइड्रोपावर, ग्रीन भेञ्चर्स, कुथेली बुखारी साना जलविद्युत र भगवती हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक फाइदामा रहे । चारै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।

माथिल्लो हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर पनि उल्लेख्य बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको तेस्रो दिन पनि पहिलो नम्बरमा छ । उक्त कम्पनीको सेयर ३६ करोड ३० लाख रुपैयाँको किनबेच भएको छ । यस्तै माउन्टेन इनर्जीको २३ करोड १७ लाख, ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

४१ कम्पनीको सेयरमूल्य घट्दा सामलिङ पावर कम्पनीका लगानीकर्ता ५.८१ प्रतिशत नोक्सानमा रहे । दुई कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...