CG Electronics
IME Life
NIMB

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् ।

वालिङमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे ।

उक्त शाखाको उद्धघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुऱ्याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ ।

 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...