इन्स्टाग्रामको फोटोका कारण निकै चर्चामा छिन नेहा धुपिया
Thursday May 25, 2017
वि.सं.२०७४ जेठ ११ बिहीवार ०८:३४

११ जेठ, एजेन्सी– नेहा धुपिया आजकाल फिल्मबाट टाढा छिन् तर उनी आफ्नो इन्स्टाग्रामको फोटोका कारण निकै चर्चामा छिन् । केहि दिन अघि उनले आफ्नो सोसल ह्यान्डलमा केही बिकिनी फोटो पोष्ट गरेकी छिन् जसमा उनी गर्मीमा स्विमिङ पूलमा बिकिनी पोज दिइरहेको देख्न सकिन्छ । फोटोमा नेहा निकै सेक्सी देखिएकी छिन् ।

नेहाले आफ्नो बलिउड करिरको सुरुवात सन् २००३ मा फिल्म ‘कयामतः सिटी अण्डर थ्रेट’ बाट गरेकी हुन् । ह्यारी बाजवाको निर्देशनमा बनेको यो फिल्ममा नेहाले अजय देवगनकी प्रेमिकाको भूमिका निभाएकी थिइन् । नेहाले फिल्म ‘जूली’ बाट आफ्नो वास्तविक पहिचान पाएकी थिइन् । सन् २००४ मा दिपक शिवदासानीको निर्देशनमा बनेको यो फिल्ममा नेहाको बोल्ड अवतार निकै रुचाइएको थियो ।






















