CG Electronics
IME Life
Ncell NPL

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छ : बैद्य

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि बिरगंजमा आयोजित तीन दिने तालिमको बुधबार उद्धघाटन समारोहमा बैद्यले सो कुरा राखेका हुन् । बैद्य सो उद्धघाटन समारोहका प्रमूख अतिथि थिए ।

उद्धघाटन कायक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सुरकृष्ण बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरुलाई स्याहार काम के हो, यसको अर्थतन्त्रमा योगदान बिषयबारे जानकरी गराउनका साथै स्याहार म्यानुअलका लागि सुझाव संकलन गर्नु रहेको बताउनु भएको थियो । त्यस्तै, स्याहार कामको लागि बैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएता पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार संगसंगै निजि क्षेत्र र यसका सरोकारवालाहरुको उत्तिकै जिम्मेवारी रहेकाले अन्तरास्ट्रिय श्रम सङ्गठको सशक्त महिला सम्बृद्ध नेपाल परियोजाना संगको सहकार्यमा मदेश, कर्णाली र सुदुरमश्चिम प्रदेशहरुमा कार्यक्रम गरिदै आईरहेको बारे बताउनु भयो ।

त्यसैगरि, अन्तरास्ट्रिय श्रम संगठन नेपालका अक्साना लिप्कानुले परियोजनाको शिर्षकले नै सशक्त महिला सम्बृद्ध नेपाल शिर्षकले नै महिला तथा बालिका केन्द्रित रहेको जस्तो देखिएता पनि त्यो नभएर श्रम बजार र व्यवसायको प्रवर्द्धन पनि रहेको बारे प्रस्ट्याउनु भएको थियो । त्यसैगरी, महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगंज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरुको जीविकोपार्जनमा असर परेको बारेमा बताउनु भयो । कार्यक्रमका अर्का वक्ता महासंघका केन्द्रीय सदस्य एवं कृषी उधम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरुहुन पर्ने बिषय भएको बताउनु भएको थियो ।

तीन दिने तालिम उद्धघाटन कार्यक्रम नेउवामहासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदेश अध्यक्षका तर्फबाट सबै सहभागीहरुलाई स्वागत गर्नुहुँदै यी र यस्ता पैरवीका कार्यक्रमहरु संगै सरकार र महासंघले श्रम संरक्षणका कार्यक्रमलाई पनि महत्तोदिन पर्नेमा जोडदिनु भएको थियो भने कार्यक्रमको उद्देश्य बारे महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तरास्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, ब्यवासायीक प्रथिस्थानका साथै श्रम रोजगार कार्यालय, बिरगंज नगरपालिकाबाट झन्डै करिब ६५ जनाको उपस्थिति रहेको थियो ।

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:०४

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...