CG Electronics
IME Life
Ncell NPL

हुन्डाईले ल्यायो ‘टेस्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्येबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन्। यो क्याम्पेन दुई साता चल्ने कम्पनीले जानकारी दिएको छ।

नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो। लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । प्रारम्भिक मूल्य ५५,९६,००० रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो। यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु 1.2 (S) को मूल्य ४४,९६,००० र भेन्यु 1.2 (SX) को मूल्य ५३,५६,००० कायम गरिएको छ | मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।

श्रावन २८ गते बाट सुरु हुने यस क्याम्पेनमा नेपालभरका इच्छुक महानुभावले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन्। यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ र कम्पनी को फेसबुक पेज मार्फत जानकारी गराईनेछ । चाडपर्व नजिकिदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास लिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरीका १६ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ। इच्छुक महानुभावले आजै आफू नजिकैको हुन्डाई सोरुम गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न सक्नेछन् ।

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...