CG Electronics
IME Life
NIMB

सीएफमोटोको उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी अब नेपालमा उपलब्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी नेपाली बजारमा उपलब्ध हुने भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सो मोटरसाइकल आगामी नाडा अटो शोमा सार्वजनिक गर्ने बताएको छ ।

सीएफमोटो ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिने कम्पनीको भनाइ छ । अत्याधुनिक डिजाइन, शक्तिशाली परफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफरोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ ।

अत्याधुनिक पावर र पर्फर्मेन्स

४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ ।

स्लिम र आक्रामक डिजाइन

४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ।

अत्याधुनिक प्रविधि र सुविधा

सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् ।

सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको छ। बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ ।

आरामदायी र भर्सटाइल टुरिङ

एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ। १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।

सीएफमोटो एक अग्रणी हाई परफरमेन्स मोटरसाइकल, अल टेरेन भेहिकल्स (एटीभी) र साइड–बाइ–साइड युटिलिटी भेहिकल्स उत्पादक हो। नवीनता र गुणस्तरमा प्रतिबद्ध सीएफमोटोले आफूलाई विश्वव्यापी मोटरसाइकल बजारमा भरपर्दो ब्रान्डको रूपमा उभाएको छ। कम्पनीका उत्पादनहरू असाधारण प्रदर्शन, विश्वसनीयता, र राम्रो मूल्य प्रदान गर्न बनाइएका हुन्छन् ।

सीएफमोटो ४५० एमटीको मूल्य पनि नाडा अटो शोकै समयमा सार्वजनिक हुनेछ । कम्पनीले आधिकारिक रुपमा यसको मूल्य सार्वजनिक गरेको छैन । यद्यपि यसको मूल्य १२ लाख र १३ लाखको बिचमा पर्ने अनुमान गर्न सकिन्छ ।

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...