CG Electronics
IME Life
Ncell NPL

प्रख्यात चिनिया ब्राण्ड जोइलोङ्ग तथा एसआरएम गाडी नेपालमा प्रवेश

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

 

 

काठमाडौँ । भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी प्रख्यात चिनिया विधुतिय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ ।

काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा गर्ने कुरामा कम्पनी विस्वस्त रहेको जनाएको छ ।

 

जोइलोङ्ग तथा एसआरएम मित्र राष्ट्र चीनको सबै भन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा चिनिन्छ । हाल नेपाली बजारमा विक्री वितरण हुँदैआएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लिङ्ग उद्योग बाट उत्पादन भएका हुँदा, कालान्तरमा उपभोक्ताले विक्री पश्चातको सर्विस तथा पार्ट पुर्जा उपलब्धतामा दुख पाउने सम्भावना अत्याधिक रहेको छ ।

यस सम्भावनालाई मध्यनजर गरी भिजि मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्व स्तरिय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनीहरु जोइलोङ्ग तथा एसआरएमका गाडीहरु नेपालमा भित्र्याएको हो। यसले गर्दा कमर्सियल गाडी खरिद गरेपछि आगामी १५÷२० वर्ष सम्म यी कम्पनीहरुले राम्रो सर्विस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्छ ।

जोइलोङ्ग कम्पनीका ठूला १५÷१७÷२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक श्री ज्याङ्गले भन्नु भयो “जोइलोङ्गका ठूला माइक्रो बसहरु वर्षौ देखि अध्ययन तथा अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको हुन्छ ।” जोइलोङ्गका गाडीहरु जस्तोसुकै बाटोमा चलाउन सकिने गरि डिजाइन गरिएको छ । हाल जोइलोङ्गका गाडीहरु विकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरुमा अत्याधिक रुचाइएक हुन्। बजारमा उपलब्ध अन्य गाडीहरु भन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठुलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेका कुरा महाप्रबन्धक ज्याङ्ग बताउनुहुन्छ ।

उक्त पत्रकार सम्मेलनमा भिजि मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएम बाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरि ५ वटा विभिन्न प्रकारका गाडीहरु पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरुमा टी– ३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । हाल नेपाली बजारमा प्रयोग भैरहेका प्रदुषण गर्ने डिजेल गाडीहरुलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कुरामा कम्पनी विस्वस्त छ ।

कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक श्री लि ग्वा ले भन्नु भयो “साना कमर्सियल र विधुतिय कमर्सियल गाडीहरु सबै बाहिर बाट हेर्दा उस्तै देखेता पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरु सबै भन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएस जस्ता सुरक्षाका उपकरणहरु जडान गरेर पठाउने गरेको छ ।”

अन्य चिनीया कम्पनीको तुलनामा निजि क्षेत्रबाट प्रवधित गरिएको कम्पनी एसआरएम हो जुन हरेक पल विश्वस्तरीय सेवा ग्राहकलाई दिन तत्पर रहने गरेको छ। आगामी ३ वर्षमा एसआरएमले नेपाली बजारमा थप नया मोडलहरु ल्याउने लक्ष्य राखेको छ । एसआरएम तथा भिजि मोटर्सको सहकार्य बाट नेपाली बजारमा सबै भन्दा उत्कृष्ट विक्री पश्चातको सेवा ग्राहकले पाउने छन्भन्ने कुरामा कम्पनी ढुक्क छ ।

कार्यक्रमको अन्त्यमा बोल्दै भिजि मोटर्सका सीइओ विवेक बिजुक्छे बताउनु हुन्छ, “कमर्सियल इलेक्ट्रिक गाडीहरुको बजारको कुरा गर्ने हो भने, हाल नेपालले विश्वका सबै देशहरुलाई पछाडी पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनु पर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु भन्दा निजि क्षेत्रले आफैले चार्जिंग स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा, भिजि मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंग स्टेसन र नेपाल अधिराज्य भरि १८ वटा इलेक्ट्रिक गाडीहरुको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।

चितवन अटो शो २०२६ मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर

चितवन अटो शो २०२६ मा फोटोन नेपालको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:४८

  काठमाडौँ। Foton Nepal का आधिकारिक वितरक MAW Vriddhi Commercial...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...