CG Electronics
IME Life
NIMB

नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ : अर्थमन्त्री

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै नीजि क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए ।

 

उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले सशक्त रुपमा कामहरु अगाडि बढाउन तयार छ । नीजि क्षेत्रले पनि यसमा भूमिका खेल्नसक्छ । अब नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनु पर्छ । सरकारले नसुनेको थियो भने, समस्या समाधान नगर्ने थियो भने गुनासो गर्नु स्वभाविक हुन्थ्यो होला । तर अब सरकार सुन्न र समस्याको समाधान गर्न तयार छ । गुनासोको तहबाट बाहिर आएर लगानी र उत्पादनको क्षेत्रमा योगदान गर्नको लागि उत्प्रेरित गर्नुपर्छ ।’

 

यस्तै, उनले अहिले अर्थतन्त्र दबाबमै रहेको र उपभोक्ताहरुमा निराशा नै रहेको भन्दै यस्तो अवस्था राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिने उद्देश्यका साथ सरकार बनेको बताए ।

 

उनले भने, ‘अहिले अर्थतन्त्र दबाबमै छ । तरलता प्रर्याप्त भएतापनि, लगानी गर्ने आँट बढेको छैन् । आम उपभोक्ताहरुमा पनि निराशा छ । यस्तो समस्याहरु छन् । यस कारण सरकारले दुई तीनवटा कुरामा ध्यान दिएको छ । पहिलो कुरा अस्थिरताको प्रभाव हो । त्यसकारण राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिन सक्नुपर्छ भन्ने उद्देश्यको साथ सरकार बनेको छ ।’

यसपालिको मौद्रिक नीति लचिलो र अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्षम भएको भन्दै अब स्थिरताको बाटोमा अगाडि बढ्नुपर्ने पनि उनको भनाई छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...