CG Electronics
IME Life
Ncell NPL

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर “बिगेस्ट १०शैं”

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। “बिगेस्ट १०शैं” नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्नु सकिने कम्पनीले जनाएको छ ।

यो योजना सार्वजनिक गदै यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत सन्जीव शुक्लाले भने“नेपालीहरूको महान चाड दशैंलाई हामी बडादशैं पनि भन्छौं। बडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ। यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ।”

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्ने कम्पनीको भनाइ छ। एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा कम्पनीले गरिएको छ।

नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी हो। दशकौं अघि स्थापित यामाहाले मोटरसाइकल उद्योगमा विश्वव्यापी अग्रणीको रूपमा आफूलाई स्थापित गरेको छ।

आफ्नो इन्जिनियरिङ उत्कृष्टता, इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागि यामाहा प्रसिद्ध रहेको कम्पनीको दावी छ। नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपाल नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि हो। यसका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन्।

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४५

  काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम...

याडियाको नयाँ वर्ष अफर — 0% EMI, साथमा आकर्षक उपहार

याडियाको नयाँ वर्ष अफर — 0% EMI,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४१

  काठमाडौं | वैशाख १– नेपालमा याडियाको आधिकारिक वितरक कुजु...