CG Electronics
IME Life
NIMB

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पोमा उत्साहजनक सहभागिता, सोमबार समापन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

ललितपुर । ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सोमबार सम्पन्न हुँदैछ । एक्स्पोमा शुक्रबार र आइतबार अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजकको भनाइ छ । शुक्रबार सुरु भएको एक्स्पो सोमबारसम्म चल्नेछ । यस अगाडि आइतबारसम्म चल्ने भनिएको एक्स्पोलाई भारी वर्षाका कारण शनिबार एकदिन स्थगित गर्नुपरेकाले एक दिन थप गरिएको हो ।

धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन क्षेत्रमा ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजले एक्स्पो आयोजना गरेको हो । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ आयोजित एक्स्पोको अन्तिम दिन सोमबार अवलोकनकर्ताको अझै बढी आकर्षण देखिने आयोजकको विश्वास छ ।

ऐतिहासिक पाटन क्षेत्रको प्रचार प्रसार तथा प्रवर्द्धनका साथै यहाँको समग्र विकासमा एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवर्द्धनात्मक लगायत गरी २५ वटा स्टल छन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरु प्रदर्शनीमा राखिएको रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकारले बताइन् ।

क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी र्याम्प वाल्क एक्स्पोको अन्तिम दिन सोमबार हुँदैछ । र्याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहदै आएको छ ।

एक्स्पोलाई प्रायोजकको साथ

एक्स्पो सफल बनाउनका लागि पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं. १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको), हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइ होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसनले साथ दिएका छन् ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

सानिमा जिआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ जेठ ७ बिहीवार ११:१९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...