CG Electronics
IME Life
NIMB

जापानको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

NIMB
Himalayan Bank

काठमाडौं । जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ ।
जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले आइतबारबाट काठमाडौंको चाबहिलमा रहेको केएल टावरबाट आफ्नो सेवा सुरु गरेको हो।

पूर्व संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री गणेशकुमार पहाडीले ओबिजीआईको कार्यालयको सुरुवात गरेका हुन।
ओबीजीआई एजुकेसन कन्सलटेन्सीले नेपालमा भाषा कक्षाको संचालन गरी जापान जान चाहने विद्यार्थीहरूको लागि अनुभवी प्रशिक्षकहरुबाट अध्ययन गराउने बताएको छ। यस्तै कोरिया जान चाहने नेपालीहरुका लागिसमेत स्तरीया भाषा कक्षा प्रदान गरेर कामका लागि दक्ष बनाउने बताएको छ।

ओबीजीआईकि म्यानेजीङ डाइरेक्टर मनिषा मैनालीले ओबीजीआईको अनुभवी टिममार्फत आधुनिक किसिमको तालिमसमेत प्रदान गरिने भएकाले आफ्नो सेवा फरक रहने जानकारी दिइन।

उनले जापान र कोरिया सम्बन्धी प्रशिक्षण दिएर जापान र कोरिया जान सहज हुने गरी सेवा दिइने बताइन। आफ्नो कन्सल्टेन्सीमार्फत जापान जान चाहने विद्यार्थी र अभिभावकबिच पनि अन्तर्किया गर्ने र अभिभावकलाई समेत ढुक्क बन्ने वातावरण बनाइने उनले जानकारी दिइन।
ओबीजीआईले विद्यार्थीरूकै चाहना अनुसार जीरो लेभलबाट जापान र कोरिया सम्बन्धि प्रशिक्षण तथा नेपालमा गर्नुपर्ने तयारी तथा जापान पुगेर गर्नुपर्ने आधारभूत आवश्यक तयारीकाबारे जानकारीसमेत प्रदान गर्ने बताइएको छ।

 

यसैगरी अहिलेसम्म जापान पुगेका विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी जापानमा पनि वर्किंङ भिषा सम्मको सहयोग गर्ने तथा जापान बसाईलाई सहज र सजिलोले बनाउने गरी जापानमा रहेको ओबीजीआई को मुख्य कार्यालयले पुर्णरुपमा सहयोग गर्ने जापानमा रहेको ओबीजीआई एजुकेसन कन्सलटेन्सीका संचालक तथा ओबीजीआई ग्रुपका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए।

विगत लामो समयदेखि जापानमा नै ब्यवसाय गर्दै आएका घिमिरेले जापानमा ओबीजीआईसँगै होटल ब्यवसाय तथा मोबाइल ब्यवसायसमेत संचालन गर्दै आएका छन।

उनले जापान पुग्ने विद्यार्थीहरुलाई आफ्नो कार्यालयले होस्टल तथा बस्नकालागी कोठासमेत सहज रूपमा ब्यवस्थापन गरिदिने, पार्ट टाइम तथा फुल टाइम कामको ब्यावस्था मिलाइ दिने गरि सहजकर्ताको कामसमेत गरिरहेको बताए।

घिमिरेले ओबीजीआई एजुकेसन कन्सलटेन्सीमार्फत जापान जाने विद्यार्थीले आफ्नो संस्थामार्फत अभिभावकत्व प्राप्त गर्ने र जापानमा सहज तरिकाले जीवन यापन गर्न सहज हुने दाबी गरे।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...