CG Electronics
IME Life
Ncell NPL

जलवायुसम्बन्धी एशिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा परामर्श गर्न तीन दिने एशिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन सुरु भएको छ ।

 

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनीयरिङ फर्म (स्काएफ) नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २० भन्दाबढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिको सहभागिता छ ।

 

विश्वभरिका सम्पूर्ण परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था (फिडिक)का अध्यक्ष क्याथरीन काराकात्सानीसले अजरबैजानको बाकुमा विश्व जलवायु सम्मेलन चलिरहेका बेला नेपालमा सुरु भएको एशिया प्रशान्त क्षेत्रस्तरीय यो सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनबाट आउने निष्कर्षले आगामी दिनमा वातावरणको संरक्षणमा सहयोग गर्ने उहाँको भनाइ थियो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले वातावरणलाई सन्तुलितरूपमा कायम राख्दै दिगो पूर्वाधार विकासका काम गर्न सम्मेलनले दिशानिर्देश गर्ने बताउनुभयो । सम्मेलनबाट आउने सुझावले सरकारलाई पनि सहयोग गर्ने उहाँको भनाइ थियो । नेपालमा संरक्षित ४६ प्रतिशत वनले वातावरणलाई सन्तुलित बनाउन सहयोग गरेको सचिव शर्माले सुनाउनुभयो ।

 

फिडिकका एशिया प्रशान्त क्षेत्रीय अध्यक्ष शशीधर धवन, फिडिकका एशिया प्रशान्त क्षेत्रको बोर्ड सदस्य टङ्कलाल अधिकारी, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह, आयोजक स्काएफका अध्यक्ष ठाकुरप्रसाद शर्मा, महासचिव कमल कार्की, उपमहासचिव एवं सम्मेलन निर्देशक मन्दाकिनी कार्कीलगायतले पूर्वाधार विकाससँगै वातावरणलाई पनि संरक्षित गरिनुपर्नेमा जोड दिनुभएको थियो । यस्तो अन्तर्राष्ट्रिय सम्मेलन यसअघि सन् २००९ मा नेपालले आयोजना गरेको थियो ।

 

सम्मेलनमा सात वटा अलग अलग विषयमा कार्यपत्र प्रस्तुतिसहित समूहगत छलफल हुने जनाइएको छ । प्राविधिक सत्रको यो कार्यक्रम मङ्गलबार र बुधबार हुनेछ । कार्यक्रमको सारांश प्रतिवेदनका रुपमा स्काएफ नेपालले सरकारसमेतलाई बुझाउने जनाइएको छ ।

 

सम्मेलनको उद्घाटन उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गर्ने कार्यक्रम रहेकामा पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएपछि आज शोक बिदा दिइएका कारण फिडिकका अध्यक्ष क्याथरीनले उद्घाटन गर्नुभएको थियो ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...