CG Electronics
IME Life
NIMB

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ। टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो।

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो। लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्त रुपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए।

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए। लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना वारेमा जानकारी प्रदान गरेका थिए।

 

सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रिनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए। कार्यक्रमको अवसरमा टाटा ग्रिन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो। नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन्।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो। हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ। कम्पनीले वार्षिक रुपमा १४ लाख फोर ह्विलर २४ लाख टु ह्विलर सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...