CG Electronics
IME Life
NIMB

द ब्रिटिस कलेजमा करियर फेस्ट–२०२४ सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘करियर फेस्ट– २०२४’ सुरु भएको छ । सोमबार ग्रोथ सेलर्सको सहकार्यमा थाथापलीस्थित कलेजमा सुरु भएको करियर फेस्ट भोलि मंगलबारसम्म चल्नेछ ।

देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरूले फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी मात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यका साथ फेस्टको आयोजना गरिएको कलेजले जनाएको छ ।

ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा.प्याट्रिक म्याक्क्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्नका लागि पहल महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

ग्रोथ सेलर्सका मार्केटिङ हेड अमरदिप मण्डलले ७० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको जानकारी दिए । साथै, उनले कम्पनीहरुले प्रत्यक्ष अन्तरवार्ता लिएर रोजगारीको अवसर समेत प्रदान गरिने पनि जानकारी दिए ।
हालसम्म आठ सय ९० जना विद्यार्थीले रजिष्टार गरिसकेको भन्दै भोलिसम्म एक हजार विद्यार्थी पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘यसमा ७४ वटा भन्दा बढि कम्पनीहरुको सहभागिता जनाउँदै छन् । आशा राखेका छौं दुई दिनमा एक हजार विद्यार्थीले रोजगारीको लागि आएर प्रत्यक्ष रुपमा आवेदन दिन सक्नेछन् । पदअनुसार सिनियर म्यानेजरसम्मका लागि आवेदन छ । आठसय ९० जना विद्यार्थीले रजिस्टार गरिसक्नुभएको छ । यदी रोजगारीको खोजीमा हुनुहुन्छ भने जोडिनुहोला भन्न चाहन्छु । ’

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...