CG Electronics
IME Life
NIMB

कानुनहरु विज्ञले मात्र परिभाषा गर्न सक्ने खालका भए : मन्त्री भण्डारी

NIMB
Himalayan Bank

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बनेका कानुनहरु केवल कानुन विज्ञहरुले मात्र परिभाषा गर्न सक्ने खालका भएको टिप्पणी गरेका छन् ।

 

बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा व्यवसाय गरिरहेको व्यक्तिले पटक–पटक कानुनको व्याख्याका लागि धेरै मन्त्रालय धाउनुपर्ने जटिल समस्या फुकाउने प्रयासमा सरकार लगिपरेको बताए ।

उनले भने,‘सबैले चाहेको नीतिमा र कानुनमा सहुलियत ,सरकारको सेवा प्रवाहमा सहजीकरण हो । हाम्रा नीति कानुन सबैले बुझ्न सकुन भन्ने हो । तर आज कस्तो छ भने बनेका कानुनहरु केवल कानुन निर्माण गर्ने विज्ञहरुले मात्र त्यसको परिभाषा गर्न सक्ने छन् । एउटा व्यवसाय गरिरहेको व्यक्तिले पटक पटक कानुनको व्याख्याको लागि एउटा मन्त्रालयले अर्कोमा धाउनुपर्ने जटिलता फुकाउन चाहन्छौं । ’

उनले आजको आवश्यकता उत्पादनलाई बढाउनुपर्ने,व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने रहेको भएतापनि अहिले सरकारका निकायहरु अन्तरमन्त्रालय पनि एकले अर्कोलाई नचिन्ने, निषेध गर्ने साथै कानुनहरु समस्याका रुपमा देखा परिरहेको बताए ।

उद्योग मन्त्रालयसँग सम्बन्धित कानुनहरुमा सरकारले चाँडै परिवर्तन गर्नेगरी गृहकार्य थालेको जानकारी गराउँदै उनले ऐन कानुनमा देखिएका समस्याहरु लिएर आउन निजी क्षेत्रलाई आग्रह गरे ।

उनले भने,‘आजको आवश्यकता उत्पादनलाई बढाउनुपर्ने छ । व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने छ । स्वदेशी या विदेशी पुँजीलाई भित्र्याउनुपर्ने छ । तर अहिले पनि सरकारका निकायहरु अन्तरमन्त्रालय एकले अर्कोलाई नचिन्ने, निषेध गर्ने खालका कानुनहरु छन् ।

यस्तोबेला सरकार उद्योग मन्त्रालयसँग सम्बन्धित ४–५ वटा कानुनहरुमा सरकारले चाँडै परिवर्तन गर्नेगरी गृहकार्यको लागि निर्देशन गरिसकेको छ । त्यसैले निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु, आउनुहोस् कहाँ हो समस्या । लगानीलाई हामीले भित्र्याइरहँदा नीति र ऐनमा भएका समस्याहरु छलफलमा जुटौं ।’

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...