CG Electronics
IME Life
NIMB

ओमोडा ईफाइभलाई ‘युरो एनक्याप’ र एनक्यापमा डबल ‘फाइभ-स्टार’ सेफ्टी रेटिङ

NIMB
Himalayan Bank

काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभी ओमोडा फाइभले युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ-स्टार सेफ्टी रेटिङ हासिल गरेको छ ।

यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप र एएसइएएन एनक्यापजस्ता प्रमुख सेफ्टी संस्थाहरूबाट फाइभ-स्टार रेटिङ प्राप्त गरेको थियो ।

ओमोडा ईफाइभको बीइभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गरी सुरक्षाका सम्पूर्ण क्षेत्रमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गर्‍यो ।

यसले युरो एनक्यापमा सेफ्टी असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७ प्रतिशत अंक प्राप्त गर्‍यो ।

त्यसैगरी, एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ ।

ओमोडा इफाइभमा ७८ प्रतिशत रेसियो (अनुपात)को ‘हाइ-स्ट्रेन्थ स्टिल बडी’ रहेको छ, जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा-हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ ।

यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता) सुनिश्चित गर्दछ र अगाडिको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ ।

‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ । ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ ।

यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ । इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स-टाइमले गर्दा कोलिजन रिस्क (दूर्घटनाका जोखिम) न्यूनिकरण गर्दछ ।

उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज-लेभल(१२० किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन् । यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाइको ईभी रहेको छ ।

डबल फाइभ-स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ, ओमोडा इफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फमेन्स’को लागि नयाँ उचाइ हासिल गरेको छ ।

ओमोडा एन्ड जेइको, विश्वव्यापी रूपमा सबैभन्दा छिटो-बढ्ने व्यक्तिगत कार ब्रान्ड हो जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रहरूमा १ हजारभन्दा बढी सोरुम र ३ लाख ७० हजारभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । ब्रान्डको सन् २०२४ को अन्त्यसम्ममा स्पेन, युके र पोल्याण्डमा आफ्नो सोरुम नेटवर्कलाई उल्लेखनीय रूपमा विस्तार गर्ने र युरोपियन बजारमा आफ्नो स्थितिलाई सुदृढ बनाउने योजना रहेको छ ।

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल को. लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...