CG Electronics
IME Life
NIMB

नेपालमै पहिलो पटक सि.आर.एन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोवाईल बैंकिङ्घ एपमा

NIMB
Himalayan Bank

 

काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ ।

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले यस्तो सुविधा ल्याएको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक यस्तो सुविधा ल्याइएको हाे ।

एपमार्फत ग्राहकहरूले सिधै आईपीओ /एफपीओ/राइट सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ।

कारोबार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्नेछन् । आईपीओ/एफपीओ/राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्ध भएपश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६०...

वि.सं.२०८३ असार १४ आइतवार २२:२०

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा...

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन प्रतिकार्य सुदृढ गर्ने पहल

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन...

वि.सं.२०८३ असार १४ आइतवार २२:०६

काठमाडौँ, असार ११, २०८३ (जुन २५, २०२६) — काठमाडौँको व्यस्त...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...