CG Electronics
IME Life
NIMB

कांग्रेसभित्र गुट फस्टाउने अवसर सभापतिले नै दिइरहनुभएको छ : डा.कोइराला

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीभित्र विचलन रहेकाले यसलाई सभापतिले व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराई केन्द्रको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले हाल पार्टीभित्र गुट फस्टाउने अवसर पनि हालका पार्टी सभापति शेर बहादुर देउवाबाट नै भएको बताए ।

 

‘यतिबेला पार्टीमा विचलन छ । यसलाई स्विकार गर्नुपर्छ । यस्तोबेल सभापतिज्यूले केही सुुन्दै नसुन्ने हो भने अप्ठयारो पर्छ । राजनीति गर्नेहरुलाई अप्ठयारो पर्छ । हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्नुपर्छ,’ उनले अगाडि भने,‘यसलाई व्यवस्थापन कसले गर्ने भन्दा किशुनजी (कृष्ण प्रसाद भट्टराई )कै अनुयायी अहिलेका आदरणीय सभापतिले गर्ने हो ।

गुटलाई फस्टाउने अवसर उहाँले सिर्जना गरिरहनुभएको छ । यस्तोबेला परिस्थिति अफ्ठ्यारो हुँदो रहेछ ।’
डा.कोइरालाले अहिले जसरी देशको राजनीतिक परिस्थिती अगाडि बढेको छ यस्तो अवस्थामा किसुनजी, बीपी कोइराला, गणेशमान सिंह र अन्य नेताहरुले के भूमिका खेल्नुहुन्थ्यो होला भन्ने अनुमान लगाउन मन लाग्ने बताए ।
उनले प्रजातन्त्रका सामान्य कुराहरु नेपाली काङ्ग्रेसले नछाडिकन अगाडि बढ्न सक्नुपर्ने बताए ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...