CG Electronics
IME Life
NIMB

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन् ।

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढी मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ ।समृद्धि र आर्थिक विकासका लागि केही महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ ।’

चाँडोभन्दा चाँडो कानुन संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाइ थियो ।

उनले भने, ‘शासकीय सुधारसँग सम्बन्धित कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन् । थप पनि उद्योगहरुको वातावरण निर्माणका लागि सरकारले हमेसा नीजि क्षेत्रसंग मिलेर काम गर्न तयार छ ।’

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्त महत्वपूर्ण निर्णय गरेको समेत बताए ।

उनले भने, ‘आइटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौ । विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरि कानुन निर्माणमा सरकार लागेको छ ।’
यसको साथै, उनले कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको बताए ।

उनले भने, ‘सात दिन भित्र निर्णय गर्ने निर्णय नभए कार्वाहि हुने व्यवस्था गरेका छौ । सात दिन भित्र हुने भए हुन्छ नहुने भए हुदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौ ।’
उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौ । ढुक्क भएर तपाईहरु लगानी गर्नुहोस सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ ।’
उनले सरकारले निजि क्षेत्रसंग सरकार्य गर्न सधै तयार रहेको बताउदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...