CG Electronics
IME Life
NIMB

फुडमाण्डु अब बुटवलमा पनि : नयाँ डेलिभरी सेवा सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी, फुडमाण्डुले आज बुटवलमा आफ्नो सेवा औपचारिक रुपमा सुरु गरेको छ। बुटवलको डि क्राउन इनमा आयोजित एक विशेष उद्घाटन कार्यक्रममा फुडमाण्डुका प्रतिनिधिहरूले सेवा विस्तारको घोषणा गरे।

फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा सफलतापूर्वक आफ्नो सेवा पुर्‍याइसकेको छ र अब बुटवलका ग्राहकलाई पनि आफ्ना मनपर्ने रेस्टुरेन्टबाट खाना अर्डर गर्न सजिलो बनाउने तयारी गरेको छ।

फुडमाण्डुको ब्रान्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले उद्घाटन कार्यक्रममा भने, “हामी बुटवलमा फुडमाण्डु ल्याउन पाउँदा धेरै उत्साहित छौं। अब यहाँका ग्राहकहरूले आफ्ना मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नेछन्।”

कम्पनीका संस्थापक र प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “बुटवलमा हाम्रो सेवा विस्तार एउटा महत्वपूर्ण उपलब्धि हो। हामी बुटवलका बासिन्दाहरुलाई गुणस्तरीय र छिटो फुड डेलिभरी सेवा दिन उत्साहित छौं।”

फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरेको छ, जसले बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रहरूमा खाना डेलिभरी सेवा पुर्‍याउनेछ।

बुटवल लन्चको अवसरमा फुडमाण्डुले ‘ज्ष्द्यगतधब’ प्रोमो कोड प्रस्तुत गरेको छ, जसमा बुटवलका ग्राहकहरूले ३०% (अधिकतम रु.२५० सम्म) छुट पाउनेछन्। यो अफर माघ महिनाभरका लागि उपलब्ध हुनेछ।

फुडमाण्डुको सेवा अब बुटवलवासीहरूको लागि अझै सहज र आरामदायक बन्यो, जसले गर्दा रेस्टुरेन्टको विभिन्न प्रकारका स्वादिष्ट परिकारहरू घरमै पुग्न सक्छ।

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:०४

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२...

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी तालिम सम्पन्न

गरिमा क्यापिटलद्वारा कर्मचारीहरूका लागि एक दिने एएमएल/सीएफटी...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:५०

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि सम्पत्ति...

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश टाइल्सद्वारा ‘डाइन विथ द डिभाज’ अभियान घोषणा

मिस नेपालसँग डिनर गर्ने अवसर: काजरिया रमेश...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:३५

काठमाडौँ । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य...

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक

दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रीका ब्राण्ड एम्बेसडर...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:२८

  काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक एशियन ब्याट्री लिमिटेड...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...