CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this KENT :CG Electronics 6

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नाडा अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का नव निर्वाचित पदाधिकारीहरूलाई स्वागत र सम्मान गर्दै पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको छ।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा अटो शो आयोजना गर्न नाडासँग आवश्यक सहयोगको औपचारिक आग्रह गरेका थिए। छलफलमा वाडा अटो शोको सम्भाव्यता र मोडालिटीबारे विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा २०८१ चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने निर्णय गरिएको छ। त्यसका लागि तत्काल सम्भाव्यता अध्ययन गरी सर्वे रिपोर्टको आधारमा कार्यहरू अघि बढाइने बताइएको छ। नाडाले यस अटो शोमा प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।

कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना स्वरूप सोभेनियर प्रदान गरे। कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गरे।

नाडाले सन् १९९८ देखि राजधानीमा हरेक वर्ष नाडा अटो शो आयोजना गर्दै आएको छ। १६ औं संस्करणको नाडा अटो शो २०२४ भदौमा भृकुटी मण्डपमा सम्पन्न भएको थियो। राजधानीबाहेक अन्य प्रदेशहरूमा पनि अटो शो आयोजना गर्न सम्भाव्यता अध्ययन गर्ने योजना रहेको नाडाले जनाएको छ। कार्यक्रममा नाडाका तर्फबाट निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा केन्द्रीय कार्य समिति सदस्यहरू कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योतीलगायतको उपस्थिति थियो।

त्यसैगरी, वाडाका तर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी., महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्य समिति सदस्यहरू शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेलसमेतको उपस्थिति रहेको थियो।

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म...

वि.सं.२०८३ जेठ २ शनिवार १८:२२

  काठमाडौं । बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक:...

वि.सं.२०८३ जेठ २ शनिवार १७:१६

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)...

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच...

वि.सं.२०८३ जेठ २ शनिवार १४:२८

  काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको डेलिभरी सुरु

सीजी मोटोकर्पद्वारा नेपालमा सुजुकी ई–भिटारा इलेक्ट्रिक एसयूभीको...

वि.सं.२०८३ जेठ १ शुक्रवार ०८:३७

काठमाडौं। CG Motocorp ले नेपालभर नयाँ Suzuki e Vitara विद्युतीय...

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक: ६९.९९ लाख मूल्यमा ५३० किमि रेन्ज दाबी

नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक:...

वि.सं.२०८३ वैशाख २९ मंगलवार २२:४५

काठमाडौं । नेपालमा एमजीको नयाँ इलेक्ट्रीक एसयूभी ‘एमजी एस सिक्स’...