CG Electronics
IME Life
NIMB

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि भृकुटीमण्डपमा

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण आगामी फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रूपमा आयोजना गर्ने यस प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित विभिन्न प्रविधिहरू र उत्पादनहरू प्रदर्शनीमा राखिनेछ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डहरूका १५० भन्दा बढी स्टल रहनेछन्। निर्माण उद्योग, कम्पनी, डिलर तथा सब-डिलरहरू, र बिक्रेताहरूले आफ्नो उत्पादन र सेवाहरूबारे जानकारी गराउनेछन्। विगत ९ वर्षदेखि आयोजना हुँदै आएको यस प्रदर्शनीले नेपालमा नयाँ प्रविधिहरू भित्र्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस प्रदर्शनीमा निर्माण सामग्री, केमिकल्स, निर्माण मेशिनरी, प्रि-फ्याब संरचना, UPVC विन्डोज मेशिनरी, UPVC प्रोफाइल, ढोका र झ्याल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टायल्स, स्यानिटरी वेयर, रूफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, कन्क्रिट ब्लक मेशिनरी, एल्युमिनियम कम्पोजिट प्यानल, तथा एडेहसिभ्स जस्ता वस्तु र प्रविधिहरूको विशेष प्रदर्शनी गरिनेछ।

नेपालका ख्यातिप्राप्त आर्किटेक्ट, इन्जिनियर, ठेकेदार, निर्माण व्यवसायी, इन्टेरियर डिजाइनर, तथा घर बनाउने इच्छुक सर्वसाधारणको यस प्रदर्शनीमा उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। नेपालमा निर्माण व्यवसायलाई आधुनिक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यसहित आयोजना गरिंदै आएको यस प्रदर्शनीमा यसपालि पनि उल्लेखनीय सहभागिता रहने विश्वास गरिएको छ।

लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) टाइटल स्पोन्सर

यस वर्षको नेपाल बिल्डकन प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ भने, नेपाल निर्माण व्यवसायी महासंघ (FCAN), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स (SCAEF), सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (SONA), तथा इन्टेरियर डिजाइनर्स एशोसिएसन अफ नेपाल (IDEA) जस्ता संस्थाहरूको पनि सहयोग रहनेछ।

चार दिनसम्म सञ्चालन हुने यस प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। निर्माण व्यवसायका साथै आम नागरिकलाई समेत उपयोगी रहने यस प्रदर्शनीले नेपालमा उत्पादित सामग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन टेवा पुर्‍याउने विश्वास लिइएको छ।

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:२०

काठमाडौँ । वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम...

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो प्रिमियम...

वि.सं.२०८३ साउन ७ बिहीवार २१:४३

  काठमाडौं। नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम...

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक गर्‍यो – स्मार्ट, दिगो र सहरी EV यात्राको समाधान

TVS मोटर कम्पनीले नेपालमा TVS ORBITER सार्वजनिक...

वि.सं.२०८३ साउन ७ बिहीवार १७:३४

  • 158 km IDC रेन्ज, क्रुज कन्ट्रोल, हिल होल्ड...

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...