CG Electronics
IME Life
Ncell NPL

नर्मदेश्वर महोत्सव उद्घाटन गर्दै उद्योगमन्त्री भण्डारीले भने(स्थानीय उत्पादनको ब्रान्डिङ तीनै तहका सरकारको दायित्व

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

ओखलढुंगा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ, र उपयोगलाई संघ, प्रदेश, र स्थानीय तीनै तहका सरकारहरूले प्राथमिकता दिनुपर्ने बताएका छन्।

शनिबार ओखलढुंगाको लिखु गाउँपालिका(३ मा आयोजित नर्मदेश्वर महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधारहरू गर्दै अघि बढेको उल्लेख गरे।

मन्त्री भण्डारीले भने, “मेरो मन्त्रालयमा प्रयोग गरिने सबै टेबल, कुर्सी तथा अन्य सामग्री नेपाली उत्पादनकै हुन्। स्थानीय सरकारले पनि नेपाली माटोमा उत्पादन भएका तथा नेपाली उद्योगमा निर्मित वस्तुहरूको उपभोगलाई प्राथमिकता दिनुपर्छ। त्यसको ब्रान्डिङ र बजारीकरणका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ।”

उनले लिखु गाउँपालिकाले स्थानीय उत्पादनको उपभोगलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै भने, “आजबाट लिखु गाउँपालिकाभित्र उत्पादित वस्तुको पहिलो उपभोक्ता यही गाउँपालिका नै हुनुपर्छ।”

मन्त्री भण्डारीले गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले मन्त्रालयसमक्ष लिखुको स्थानीय उद्योग स्थापनाबारे केही प्रस्ताव ल्याएको भन्दै त्यसमा काम गर्ने बताए । उनले स्थानीयस्तरमा उद्योग स्थापना गरेर पहिलो उपभोग स्थानीय सरकारमार्फत नै गर्नेगरी सरकारले सघाउने आश्वासन समेत दिए ।

मन्त्री भण्डारीले ओखलढुंगाका सडक तथा अन्य विकाससम्बन्धी मागहरू संघीय सरकारसम्म पुर्याउने र आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

महोत्सव स्थल अवलोकन गर्ने क्रममा उनले स्थानीय उत्पादनका स्टलहरू भ्रमण गर्दै केही उत्पादनहरू समेत खरिद गरेका थिए।

नर्मदेश्वर महादेव मन्दिरको प्रचारप्रसार तथा पर्यटन तथा औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजित नर्मदेश्वर महोत्सवमा स्थानीय समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरे।

कार्यक्रममा पूर्व सांसद यज्ञराज सुनुवार, गाउँपालिका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा, कोशी प्रदेशका पूर्व सांसद मोहन खड्का, वडा नम्बर ३ का वडाध्यक्ष सोकर्ण श्रेष्ठलगायतले संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो व्यक्त गरे।

वडाध्यक्ष श्रेष्ठका अनुसार “पूर्वाधार तथा पर्यटन विकासका लागि नर्मदेश्वर महोत्सव” भन्ने मूल नारासहित आयोजित महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहनेछ।

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...