CG Electronics
IME Life
NIMB

नेपाल बैंक र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि. बीच विशेष छुटको सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि. बीच एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार, नेपाल बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई वात्सल्य नेचुरलका विभिन्न अस्पताल र क्लिनिकहरूमा उपचार सेवा प्राप्त गर्दा विशेष छुट प्रदान गरिनेछ।

यस सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारीहरूले प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म छुट पाउनेछन् भने आई.भि.एफ प्याकेजमा कर्मचारीहरूलाई रु. १५,००० र ग्राहकहरूलाई रु. १०,००० छुट प्रदान गरिनेछ। यसले ग्राहकहरू र कर्मचारीहरू दुवैलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवाको साथै आर्थिक राहत पनि प्रदान गर्नेछ।

सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि.का डिजिटल तथा मिडिया प्रबन्धक श्री नविन विष्टले हस्ताक्षर गरेका थिए।

यस सम्झौताबाट नेपाल बैंकका कर्मचारीहरू र ग्राहकहरूले काठमाडौंको नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा रहेका वात्सल्य नेचुरलका अस्पताल र क्लिनिकहरूबाट उच्च स्तरीय उपचार सेवा प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकहरू र कर्मचारीहरू दुवैको स्वास्थ्य सेवामा पहुँच बढाउन मद्दत गर्ने अपेक्षा छ।

यो सम्झौता नेपाल बैंकले आफ्ना कर्मचारीहरू र ग्राहकहरूलाई प्रदान गर्ने अतिरिक्त सुविधाहरू मध्ये एक हो जसले उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्नेछ।

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...