CG Electronics
IME Life
NIMB

ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । नेपालको राजधानी काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो ।

नेपालका लागि ट्युनिसियाकी अवैतनिक वाणिज्यदूत भवानी राणाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ट्युनिसिया चेम्बर अफ कमर्सका अध्यक्ष ईश्वर जीसीलगायत नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको सहभागिता थियो ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, सिटिजन्स बैंक इन्टरनेशनलका अध्यक्ष प्रवलजंग पाण्डेलगायत नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरू, पत्रकार र वाणिज्यदूतको कार्यालयका कर्मचारीहरूको उपस्थिति पनि कार्यक्रममा थियो ।

कार्यक्रममा वाणिज्यदूत राणाले ट्युनिसियाको स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै दुई देशबीचको मित्रता अझ प्रगाढ बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

द्विपक्षीय पर्यटन प्रवद्र्धन र आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा आफूले पहल गर्दै आएको जानकारी दिँदै उनले ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएको भएर नेपाललाई युरोपतर्फ समेत व्यापार विस्तार गर्न सहज हुने धारणा व्यक्त गरिन् ।

यसैगरी, नेपाल–ट्युनिसिया चेम्बर अफ कमर्सका अध्यक्ष ईश्वर जीसीलगायत वक्ताहरूले वाणिज्यदूत राणाको पहलकदमीबाट दुई देशबीच व्यापारिक कारोबार वृद्धि गर्न सहज भएको धारणा व्यक्त गरे ।

वक्ताहरूका अनुसार नेपालबाट गलैँचा र हस्तकलाका सामान ट्युनिसिया निकासी हुने गरेको छ भने ओलिभ आयल र हेलिकोप्टरका मेसिनरी पाटर््सहरू ट्युनिसियाबाट आयात हुने गरेको छ ।

कार्यक्रममा ट्युनिसियाको उद्योग वाणिज्य तथा पर्यटन क्षेत्र, आयात–निर्यातको अवस्था तथा नेपालसँगको सम्बन्धलगायत विषयमा तयार पारिएको श्रव्यदृश्य सामाग्री पनि प्रस्तुत गरिएको हो । वाणिज्यदूत राणा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष हुन् । ट्युनिसियाले उनलाई २०७९ सालमा वाणिज्यदूत नियुक्त गरेको थियो ।

सन् १९५६ को मार्च २० मा फ्रान्सेली औपनिवेशिक शासनबाट मुक्त भएको सम्झनामा ट्युनिसियाले हरेक वर्षको मार्च २० लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ । औपनिवेशिक शासनबाट मुक्त गराउन ट्युनिसियाली जनताले वर्षौँको सङ्घर्ष र बलिदानी समेत गर्नुपरेको थियो । स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्रता सङ्घर्षमा योगदान दिने राष्ट्रसेवकहरूलाई सम्मान गरिएको छ ।

सो अवसरमा ट्युनिसियामा देशभर राष्ट्रिय झण्डा फहराइनुका साथै आतिशबाजी देखाइएको थियो भने परेड आयोजना गरिएको थियो ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...